नेम्बाङसँग चुनाव लड्ने तयारीमा इलामे युवा खनाल

  • भदौ १३, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम । विगतका संघीय निर्वाचनमा सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङसँगै चुनाव लड्ने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं. २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन ।

यस क्षेत्रबाट चुनाव जितेर निर्णायक भूमिकामा पुगे पनि आफ्नै क्षेत्रमा विकास गर्न नसकेको भन्दै उनले नेम्बाङसँगै चुनाव लड्ने निर्णय गरेका हुन्
उनले अव मुलुकको विकासमाा युवा पुस्ताको आवश्यक रहेको भन्दै नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिनेदेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन् खनालले भने, ‘२५ वर्षमा पनि एउटै भाषण दो¥याइरहने तर विकास भने केही नगर्ने ?’ उनको प्रश्न थियो । उनले भने– ‘माई नगरपालिकामा एक दुई वटा पुल बनाएका छन तर अन्य क्षेत्रमा भने न बाटो छ न पुल नै बिरामी हुँदा त्यहाँका जनता मर्नुपर्ने अवस्था छ ।’

अहिले पनि इलामको क्षेत्र नं २ को विकास हुन नसकेको खनालले भनाई छ । उनले नेम्बाङले जितेसम्म अझै पनि त्यहाँको विकास नहुने भन्दै अव देश विकासका लागि युवा अघि बढ्नुको विकल्प नभएको बताए । उनले भने–‘इलामको क्षेत्र नं २ को फाकफोकथुममा जाँनुहोस पहिला त्यहाँ पुग्नेहरुले त्यस ठाउको परिवर्तन केही देख्न पाउँदैनन् ।’ उनले त्यस क्षेत्रमा पुग्न अझै कठिन रहेको बताए ।

उनले भने–‘त्यहा पुग्न अत्यन्तै कठिन छ, २५ वर्ष लगाएर बनाएको दोवानको एउटा पुल पनि खोलाले बगाएको छ, बाटोको स्थिति कुरै नगरौ राँके रबि सडकको अवस्था सबैले देखेकै छ अहिले सम्म बिजुलीको पोल छैन ।’ खनालले भने, ‘त्यही क्षेत्रबाट चुनाव जितेका नेम्बाङले पहिले कर्णाली थियो भनेर भाषण गर्दे गर्दा अहिले पनि कर्णाली नै छ भनेर कहिले पनि महसुस भएन र उहाँले अब गर्न सक्नुहुन्न भनेर इलामको २ नं. क्षेत्रमा उम्मेदवारी दिँदैछु ।’

अब देश बनाउने जिम्मा युवाको काँधमा आएको बताउदै उनले नेम्बाङले अब विश्राम लिनुपर्ने अवस्था आएको बताए । उनले आफ्नोे प्रमुख एजेन्डा नैै यस क्षेत्रको सडक, विजुली, पक्की पुल, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने भएको बताए । उनले इलामको क्षेत्र नं २ को विकासमा युवा नलागी परिवर्तन नहुने भन्दै सबै युवा एक भएर लाग्न आव्हान गरेका छन । उनले आफु जन्मेको ठाउँको विकास हुन नसकेपछि विकासकै लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।

हाल समेत राँके रवि सडक निर्माणमा जनप्रतिनिधिले प्रश्न नउठाएको, नेपाल टार मङ्गलवारे पक्की सडक कच्चीमा परिणत हुनै लाग्दा समेत सुवासचन्द्र नेम्बाङ र सो क्षेत्रका जनप्रतिनिधि हेरेर नै बसेका कारण पनि सो क्षेत्रमा विकास हुन नसकेको उनको भनाई छ ।स्वास्थ्य क्षेत्रमा विकास हुन नसकेको, पर्यटन प्रवर्द्धनमा काम नभएको र समग्रमा विकास अघि बढाउन पटक पटक निर्वाचित जितेर निर्णायक स्थानमा पुग्दा पनि गर्न नसकेको उनको भनाई छ । इलाम क्षेत्र नम्बर दुईका बासिन्दाले मत दिए भने विकासका लागि आफू तल्लीन हुने उनको भनाई छ । खनाल समेत नेकपा एमाले इलामको बिभिन्न पदमा रहेर काम गर्दै आएका छन ।

२०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष भएर काम गरे । नेकपा एमाले इलामकै उद्योग तथा वाणिज्य बिभागको जिल्ला सदस्य समेत भइ सकेका खनाल पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट राजिनामा दिइसकेको बताउँछन । ब्यवसाय तथा राजनितिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय खनालको नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भुमिका मानिन्छ ।

इलामको क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि सुवास नेम्माङसँग चुनाव लड्ने घोषणा गरिसकेका छन । २० वर्ष देखि पटक पटक चुनाव जितेका नेम्बाङ जीर्ण भैसकेको भन्दै आफुले उम्मेद्वारी घोषणा गरेको बताएका छन । गत निर्वाचनमा पनि नेम्माङ सँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन । यता माओवादीले पनि क्षेत्र नं २ मा हालका प्रदेश सभासद धिरेन शर्मालाई उम्मेद्वारी बनाउने तयारीमा लागेको छ भने नेपाली कांग्रेसबाट कसलाई उम्मेद्वार बनाउने भन्ने टुङ्गो लागेको छैन । कांग्रेसबाट हाल जिल्ला सभापती रहेका डम्बर खड्का, खड्का सँग सभापतीमा चुनाव लडेका भेषराज आचार्य, अघिल्लो निर्वाचनमा नेम्बाङसँग चुनाव लडेका केशव थापाको आकांक्षा रहेको बझिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved