जिरोपोइन्ट/ प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सुनसरी क्षेत्र नं. १ बाट उम्मेद्वारकालागी सिफारीस गरेको छ ।
शनिवार बसेको जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईको नाम सिफारिस गरेको हो ।
भोजपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईले संघीय निवार्चनका लगाी सुनसरी क्षेत्र नंं १ बाट सिफारिस गरिएको हो । जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।
यसै निर्वाचन क्षेत्रबाट सत्तारूढ गठबन्धनदल जसपाका नेता अशोक राईले केही दिन अघि धरानमा आयोजित एक कार्यक्रममा पत्रकारहरु सँग कुरा गर्दै आफू सुनसरी क्षेत्र नं. १ बाटै चुनाव लड्ने तयारीमा रहेको बताएका थिए ।
नेकपा एसका जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार आजै बसेको बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ भने, प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरेको छ ।
यस्तै, इटहरी र इनरूवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यस निर्वाचा क्षेत्र अन्तर्गतको प्रदेश सभा सदस्यको उम्मेद्वारहरुको नाम भने जिल्ला कमिटिको अर्काे बैठकबाट तय गरिने सचिव सुवेदीले जानकारी दिए ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यसै निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यतर्फ ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् ।
निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार तर्फ केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । त्यस्तै, प्रदेश सभा सदस्यतर्फ ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय भएको सुवेदीले बताए ।
सुनसरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।