शिशिर विश्वकर्मा र अमिशा चौधरीले जिते उपाधि

  • साउन ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ड्रिम मोडलिङ्ग एजेन्सी सिजन २ ले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् ।

धरान १३ स्थित धरान वेन्क्युटमा शनिवार आयोजित ग्राण्ड फिनालेमा जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको विजेता विश्वकर्मा र चौधरी भएका हुन् ।

यसैगरि जुनियर मिस्टर तर्फ फस्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरान तर्फ फस्ट रनरअप श्रृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए ।

जुनियर मिस्टर एण्ड मिस धरानका विजेताले क्राउन सहित जनही १५ हजार, प्राइम लाईफ इन्स्योरेन्सको ५ लाख वरावरको इन्सोरेन्स, ट्रफी , प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन ।

यसैगरी फस्ट रनरअपले जनही १० हजार, ट्रफी, ३ लाख वरावरको इन्स्योरेन्स, प्रमाणपत्र , गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले जनही ५ हजार, २ लाख वरावरको इन्स्योरेन्स, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ । विजेता तथा उपविजेताहरुलाई जुनियर मि. एण्ड मिस धरान सिजन वानका विजेताहरुले क्राउन पहिराइ दिएका थिए ।

विजेता तथा फस्ट र सेकेन्ड रनरअपलाई मुख्य निर्णायक मिस नेपाल २०१७ निकिता चन्दक, निर्णायक सुमन खड्का, आयोजक ड्रिम मोडल एजेन्सिका सिइओ सौरभराज भण्डारी, कार्यक्रम संयोजक निश्चल पलिखे लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी प्रतिस्पर्धाको व्याक्तिगत विद्यामा पुरुष तर्फ मिस्टर पपुलरको उपाधि शिशिर विश्वकर्मा, वेष्ट डिस्पिलिनमा प्रिन्स राई, वेष्ट पर्सानालिटी युगल लिम्बू, वेष्ट ड्रेस जसम आचार्य, वेष्ट वक आशिष नेपाली र पव्लिक च्वाइस शन्तोष राई घोषित भए । यस्तै जुनियर मिस अवार्ड वेष्ट स्माईलमा उपासना कटुवाल, वेष्ट स्टाइलिसमा एलिसा राई, वेष्ट ड्रेस एण्ड वकमा मेनुका कार्की, वेष्ट फिगर प्रतिशा शाक्य, वेष्ट डिसिप्लिन आयुषा तामाङ, वेष्ट मोडल आइसा अधिकारी, मिस ट्यालेन्ट नाम्साङ राई र पव्लिक च्वाइसमा सुदिक्षा चौधरी, वेष्ट आईकन नुरङ राई घोषित भए । उनीहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

कार्यक्रमको मुख्य निर्नायकको रुपमा मिस नेपाल २०१७ निकिता चन्दक, फेसन स्टाइलिस्ट मुमन खड्का, काजि प्रोडक्सनका सिइओ सुसान्तकाजी श्रेष्ठ, इन्टरनेसनल मोडल ग्यालेटसेन शेर्पा र चलचित्र महासंघ प्रदेश १ अध्यक्ष अरुण प्रधान रहेका थिए । कार्यक्रममा इलाका प्रशासन कार्यालय प्रमुख चुडाराज भट्टराई, विशेष अतिथि नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान ३ न. वडाध्यक्ष विद्या शाक्य, ९ न. वडाध्यक्ष रुपेश आचार्य, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, धरान इलाका प्रहरी कार्यलय प्रमुख वुद्ध श्रेष्ठ, शसस्त्र प्रहरी वल धरानका डिएसपी वुद्धि नारायण चौधरी, धरान ट्राफिक प्रहरी निरीक्षक श्यामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved