मंगलबारेको अस्पतालमा अनियमिता भएको आरोप: कारबाहीको माग गर्दै मन्त्रीलाई देखाए कालो झण्डा

  • साउन ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मंगलवारे युवा क्लब उर्लाबारीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ भवनमा व्यापक अनियमिता भएको भन्दै भ्रष्टारीलाई कारबाहीको माग गरेको छ ।

क्बलबले सेन्टरको ओपिडी भवन निर्माणमा अनियमिता भएको भन्दै विरोध जनाएपनि आइतबार उद्घाटन गर्न मन्त्रि आएपछि युवाहरुको समूहले मन्त्रीलाई कालो झण्डा समेत देखाएका छन् । क्लबका अध्यक्ष पिलराज गिरीको नेतृत्वको टोलीले आइतबार अस्पतालको आपिडीको उद्घाटन गर्न आएका प्रदेश नं.१ का स्वास्थ्य मन्त्री जयराम यादवलाई कालो झन्डा देखाएका हुन् ।

उर्लाबारी—३ मंगलबारेमा रहेको सेन्टरको ओपिडी भवन निर्माण गर्दा व्यापक भ्रष्टाचार भएको भन्दै आवाज उठाउदै आएको थियो । तर कसैबाट यसको छानविन नभएपछि उद्घाटन गर्न आएका मन्त्रिलाई नै उनीहरुले कालो झण्डा देखाएका थिए ।

यसअघि पनि उनीहरुले भवन खर्च विवरण सार्वजनिक गर्न माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रको अस्पताल प्रशासनले वेवास्ता गरेपछि उनीहरु आक्रोसित बनेका थिए ।

कालो झन्डा देखाउने गिरिसँगै क्लबका महासचिव रेशु कटुवाल ,सदस्यहरू शेखर खड्का ,प्रदीप दाहाल र प्रतीक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved