धरानमा ट्राफिक व्यवस्थापनमा चुनौति: मुख्य सडक नै जाम हुने समस्या

  • साउन २९, २०७९
  • "सन्देश तिम्सिना"
alt

धरान । धरानका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहँुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ । भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । धरानका प्रमुख बजार पुतली लाइन , सब्जीमण्डी, कलेज रोड, देशीलाइन लगायतका ठाँउमा अझै पनि व्यवस्थित पार्किङ छैन ।

व्यवस्थित पार्किङ स्थल नभएकै कारण सवारी चालकले सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गर्छन् ।

एकातिर सवारी चाप बढ्दै जानु र अर्कोतर्फ साघुरो सडकका कारण धरानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख श्यामकुमार बस्नेत बताउँछन् । उनले भने–‘धरानको बस पार्क साँगुरो छ, विभिन्न स्थानबाट छुट्ने बसको बसस्टेन पनि यही छ, यसले गर्दा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ ।’

उनले पछिल्लो समय जनप्रतिनिधि, सरोकारवालाहरुसँग मिलेर सवारी अस्तव्यस्ततालाई कम गर्ने प्रयास भइरहेको बताए । उनले केही समय अगाडि धरान उपमहानगरपालिका वडा नं. २, ३ र स्थानीय व्यापारीबीच छलफल गरी धरानको पुरानो बजारमा एकतर्फी पार्किङको व्यवस्था गर्नुका साथै धरान १६ मा वडासमितिसँग सहकार्य गरेर ब्याङकेट निर्माणजस्ता कामलाई निरन्तता दिएको बताए ।

उनले अहिले पार्किङ धरानका ठूला तथा साना सहरहरुको मुख्य चुनौती बन्दै गएको बताए । पार्किङ समस्याले बाटो हिडने बटुवादेखि सवारी साधन चलाउनेहरुलाई नै समेत समस्या पर्ने गरेको छ । धरान १६ का टेम्पो चालक हेमराज भुजेलले स्थायी रुपमा टेम्पो स्टेन्ड नहुँदा समस्या भएको बताए । उनले भने–‘बजारमा त्यही सडकबाट बटुवा हिड्ने, बाटो काट्ने, त्यही सवारी साधन रोक्ने साह«ै अस्तव्यस्त छ, दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’

अव्यवस्थित सवारी साधन र पार्किङको कुरामा स्थानीय तह र ट्राफिक प्रहरी त्यति गम्भीर पनि देखिदैन । जथाभावि रुपमा पार्किङ गरेका सवारी साधनका कारण सडकमा हिडडुल गर्न समेत असहज रहेको स्थानीय राजु श्रेष्ठले बताए । उनले ट्राफिक सचेतना नहुँदा बटुवाहरुले समेत जथाभावि बाटो काट्दा दुर्घटनाको जोखिम बढेको बताए । उनले भने–‘सर्वसाधारण हिड्नकै लागि पेटी बनाइएको छ, बाटो क्रस गर्न जेब्रा क्रसिङ राखिएको छ, तर सर्वसाधारणले त्यो प्रयोग गर्दैनन्, पेटीमा हिड्नुपर्नेले बीच सडकबाट हिडेको हुन्छ, जेब्रा क्रसिङबाट बाटो काट्नुपर्नेले जथाभाविबाट क्रस गरिहेको हुन्छ ।’

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले नगर क्षेत्रमा पार्किङको समस्या रहेको बताए । उनले पार्किङ क्षेत्रको पहलहरु गर्दै आइरहेको बताए । यसको लागि ट्राफिक प्रहरी , सुनसरी उद्योग वाणिज्य संघ र वडाहरुसँग समन्वय गरिरहेको बताए । उनले भने–‘म भर्खरै आएको हु, धरानको वस्तुस्थिति बुझ्न अझै समय लाग्छ, ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गरेर अगाडि बढ्छौै ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved