शाह माछा पसल र ताम्राकारमा अखाद्यवस्तु फेला

  • साउन २६, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । इलाम चोक बजार नजिकैको टेयाक्सी स्टेण्डमा रहेको शाह माछ पसलमा मरेर सड्न लागेको माछा बेच्न राखेको पाइएको छ । फ्रिजमा राखिएको माछा सड्न लागेको अवस्थामा फेला पारेपछि बरामद गरिएको छ । बरामद गरिएको माछा नष्ट गरिएको छ । अनुगमनकै क्रममा एक किराना पसलमा म्याद गुज्रिएका केही सामान फेला पारेपछि सो सामाग्री समेत नष्ट गरिएको अनुगमनमा संलग्न निरिक्षण अधिकृत यादव राउतले जानकारी दिए । त्यस्तै चोकबजारको ताम्राकार स्वीट्स कर्नरमा अखाद्य वस्तु फेला परेको छ । बुधबार गरिएको अनुगमनका क्रममा चोक बजारमा सञ्चालित स्वीट्स कर्नरमा सडेगलेको तथा अखाद्य वस्तु फेला पारिएका हो । उक्त फेला पारिएको अखाद्य वस्तु अनुगमन टोलीले नस्ट गरेको छ ।

राउतका अनुसार किराना पसल, वधशाला, माछा पसल तथा होटल र फलफुल पसलमा अनुगमन गरिएको थियो । दुईवटा मिठाइ पसल, दुईवटा माछा पसल, दुईवटा मासु पसल, एउटा फलफुल पसल र एउटा किराना पसलमा अनुगमन गरिएको थियो । त्यस्तै अन्य केही पसलहरुमा समेत सामान्य अनुगमन गरेको हो । अखाद्य वस्तु बिक्री गर्ने पसलहरुलाई तत्काल सुधार गर्न चेतावनी दिइएको छ । त्यस्तै केही पसलमा मुल्य सूची नराख्ने गरेको पाइएको छ । व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने, कर दर्ता लगायतका अनुमति पत्र नराख्ने पसलहरुलाई नियम पालन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा सुधार गर्न भनिएका पसलमा पुनः यस्तो पाइएका कानुन बमोजिम कारबाही गरिने बताइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका, घरेलु तथा उद्योग कार्यालय लगायतको सहभागिता रहेको थियो ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved