धरान । खानेपानी समस्या समाधानको एजेन्डा बोकेर चुनावमा लडेका हर्क साम्पाङ मेयरमा निर्वाचित भएसँगै उनको एजेन्डालाई सफल बनाउने अभियानमा सर्वसाधारणले साथ दिन थालेका छन् ।
मेयर साम्पाङले धरान ४ निशानेबाट पानी ल्याउने योजना अगाडि सारेसँगै धरान र काठमाण्डौ स्थायी घर भइ हाल युकेमा बसोबास गर्ने सर्वसाधारणले उनलाई सहयोग गरेका छन् ।
धरानको सम्बृद्धिमा साथ पुगोस् भन्ने उद्देश्यले उनीहरुले मेयर साम्पाङलाई १ लाख ३५ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।
धरान र काठमाण्र्डौ स्थायी घर भएका र हाल युकेमा बसोबास गर्दै आएका ७ जनाले रकम जुटाएर सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा ललितपुर घर भई हाल युकेमा बस्दै आएका क्याप्टेन ढुण्डीराज सुच्चा राई, धरान ८ की श्रीमति रामरेखा सुच्चा राई, भक्तपुरका कुमार सुच्चा राई, , काठमाण्डौका मोहन सुच्चा राई, (बुद्धिराज), धरान ८ हिमाली मार्गकी शान्ता सुच्चा राई, धरान ८ का कुमार मेख्खु राई र धरान ८ का रविन्द्रबहादुर सुच्चा राई, (मिलन)ले साम्पाङको अभियानलाई सार्थकता बनाउन सहयोग पु¥याएका हुन् ।
धरानको दीर्घकालीन समस्या समाधानमा साम्पाङले मुख्य एजेन्डा नै बनाएर जनश्रमदानबाट पकुवा खोलाबाट पानी ल्याउने अभियान, धरान ४ को निशानेबाट पानी ल्याउने अभियान अगाडि बढाएसँगै सर्वसाधारणले उनको अभियानलाई साथ दिन थालेका हुन् ।