धरान । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ्गले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत प्रदान गरेको छ ।
आइतबार संघ र संगठनले कोशीको पश्चिम कटानबाटा प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरुका लागि राहत प्रदान गरेको हो । १ हजार १ केजी चिउरा र ६सय लिटर पानी पीडितहरुलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।
बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराइले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए ।