जुनियर मिस एण्ड मिस धरानको ट्यालेन्ट राउण्ड सम्पन्न

  • साउन २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ड्रिम मोड्लिङ्ग एजेन्सीको आयोजनामा हुन गइरहेको जुनियर मिस्टर एण्ड मिस धरान, सिजन टुको मिस्टर एण्ड मिस ट्यालेन्ट उपाधिको लागि ट्यालेन्ट राउण्ड संपन्न भएको छ ।

धरान १६ सियोन स्कुलको सभा हलमा शनिवार सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगितामा सहभागी ४५ जना वालवालिकाले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ट्यालेन्ट राउण्डमा सहभागीहरुले गायन मार्फत, नृत्य प्रस्तुति, कविता वाचन, अभिनय, पेन्टिङ्ग र स्पिच मार्फत आफनो प्रतिभा देखाएका हुन । उनीहरुमध्ये उत्कृष्टलाई मिस्टर एण्ड मिस ट्यालेन्टको उपाधि विजेता घोषित गरिने छ । ट्यालेन्ट राउण्डमा गायक दिल्ली फोम्वो, मोडल मेरिना तुम्सा, धरान मेघा कलेजका होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर पोषण श्रेष्ठ, भोजपुरी नासयका मेनुका माझी र नृत्य प्रशिक्षक रिमा थपा मगर निर्णायकको रुपमा रहेकी थिइन् । उपाधि विजेताको घोषणा प्रतियोगिताको फिनालेको दिन गरिने आयोजक ड्रिम मोडलिङ्ग एजेन्सिका सिइओ सौरभमान भण्डारीले बताए । प्रतिष्पर्धामा भाग लिनेहरुलाई विगत एक महिनादेखि विभिन्न विषयमा तालिम दिइरहेको भण्डारीले बताए ।

प्रतियोगिताका विजेताले क्राउन, पन्द्र हजार रुपैया नगद, ट्रफी, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र तीन लाख रुपैया वरावरको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछन् । त्यसैगरि फस्ट रनरअपले नगद दश हजार, ्दुइलाख रुपैया वरावरको इन्सुरेन्स, सेकेन्ड रनरअपले नगद ५ हजार, एकलाख रुपैया वरावरको इन्सुरेन्स, ट्रफी, प्रमाणपत्र र गिप्mट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ वर्ष देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सहभागता रहेको छ । प्रतियोगिताको ग्राण्ड फिनाले साउन २८ गते शनिवार हुने आयोजकले जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved