फलफूलका विरुवा वितरण

  • असार ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ ।

वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो ।

एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका विरुवा वितरण गरिएको बताए । उनले विगतमा धरान १४ मा प्रसस्त सुगा भेटिने गरे पनि अहिले जंगल र फलफूलका बोटहरु मासिएपछि धरान १४ मा सुगा देख्नै नपाइने उदाहरण पेश गरे ।

वडाबाटै धरानको दन्तकाली माविमा फलफूलका विरुवा वितरण गरेपछि वडाबासीहरुले तछाडमछाड गरेर विरुवा लिन पुगेका थिए । अहिले वितरण गरिएको फलफूलको विरुवा सबैलाई नपुग्ने भएकोले आगामी दिनमा पनि वितरण गर्दै जाने उनले बताए । वितरण गरिसकेपछि सर्वसाधारणले फलफूलको विरुवा रोपे वा नरोपेको विषयमा वडाले अनुगमन समेत गर्ने वडाध्यक्ष भट्टराईले बताए ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved