पाँचथर–ताप्लेजुङ सडक पुनः अवरुद्ध, तमोर करिडोरमा आवागमन ठप्प

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार बिहान आएको बाढीले वैकल्पिक रूपमा राखिएका ह्युम पाइपहरू बगाएपछि सडक सञ्चालन ठप्प भएको हो।

पहिल्यै बेलिब्रिज बगाएपछि हेवां खोलामा असोज १२ गतेदेखि ह्युम पाइप राखेर डाइभर्सनमार्फत यातायात सञ्चालनमा ल्याइएको थियो। तर, नयाँ बाढीले ती पाइपहरू बगाएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

फिदिम र हिलिहाङ गाउँपालिकाको सिमानामा पर्ने खोलाको डाइभर्सन बगाएपछि सवारीसाधनलाई लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको स्थानीय राम माझीले जानकारी दिए।

तमोर करिडोर आयोजनाका प्रमुख प्रदीप निरौलाले स्कावेटरको सहयोगमा ह्युम पाइपहरू तानेर मर्मत गरी आवागमन पुनः सुचारु गर्ने प्रयास भइरहेको बताए।

“निर्माण कम्पनीसँग समन्वय गरेर मनसुन सकृय नहुँदासम्म डाइभर्सनमार्फत नै यातायात सञ्चालनमा ल्याउने पहल गरिरहेका छौं,” उनले भने।

स्थानीयबासी र यात्रुहरूका लागि यसपटकको अबरुद्धता थप समस्याको रूपमा देखिएको छ, किनकि यो सडक पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई तराई तथा अन्य भूभागसँग जोड्ने प्रमुख मार्ग हो।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved