ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सिसी क्यामेरामा कैद भयो दुर्घटना

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटना बिहीबार राति ११ः१५ बजे उर्लाबारी नगरपालिका–३ स्थित पुरानो मङ्गलबारे क्षेत्रमा भएको हो। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

ट्याङ्करमा चिनी मिलबाट लोड गरिएको छुवा रहेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ निवासी ३६ वर्षीय मनकुमार लिम्बूको बी एन्ड सी अस्पताल, बिर्तामोडमा उपचारका क्रममा शुक्रबार बिहान १ः३५ बजे मृत्यु भएको हो।

घाइते लिम्बूलाई सुरुमा उर्लाबारीको मदन भण्डारी अस्पतालमा लगिएको थियो। तर, अवस्था जटिल भएपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल स्थानान्तरण गरिएको थियो।

दुर्घटनापछि ट्याङ्कर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा घटनाको थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार दुर्घटना स्थल नजिकै रहेको सिसी क्यामेरामा मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किएको दृश्य कैद भएको छ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved