मादक पदार्थ सेवनपछि खुकुरी प्रहार, एक जना घाइते

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार राति मादक पदार्थ सेवनपछि सामान्य विवादले उग्र रूप लिएपछि खुकुरी प्रहार भएको छ। घटनामा परेर एक जना घाइते भएका छन्।

रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच मादक पदार्थ सेवनकै क्रममा सामान्य भनाभन भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किएपछि तामाङले खुकुरी प्रहार गरेका थिए।

प्रहारबाट अधिकारीको बायाँ हातका दुई औंला र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ।

उनलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्‍याइएपछि सामान्य उपचार गरी डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ। अधिकारीको अवस्था सामान्य रहेको बताइएको छ।

घटनापछि खुकुरी प्रहार गर्ने तामाङ फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved