चुलाचुलीको ‘बुहारी शिक्षा’ र रोङको गुन्द्रुक सिन्कीे ‘ब्राण्डीङ’मा प्राथमिकता

  • असार १३, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । चुलाचुली गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको छ ।

पालिकाको १० औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पालिका भित्रका शिक्षाबाट वंचित बुहारीहरुलाई ‘बुहारी शिक्षा’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरुले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ । त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ण १ छात्र र १ छात्रालाई एमबीबीएस, इन्जिनियरिङ, कृषि जेटीए, भेटेरीनरी, एच ए, स्टाफ नर्स, अहेव, ओभरसियर, ल्याब असिस्टेण्ड लगायत प्राविधिक शिक्षा अध्ययनका लागि ‘अध्यक्ष छात्रवृत्ति कोष’ स्थापना गरी छात्रवृत्ति उपलब्ध गराईने नीति लिएको छ ।

गाउँपालिकाले मातृभाषामा पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमको सुरुवात गर्ने नीति लिएको छ । त्यस्तै पूर्व प्राथमिक कक्षाहरु प्रविधियुक्त बनाउने, मातृभाषा तथा आवश्यकता अनुसार आधारभूत तहमा अंग्रेजी माध्यम शिक्षालाई प्राथमिकता दिने, खानेपानी, इन्टरनेट र कम्प्युटर शिक्षालाई अनिवार्य बनाउने भएको छ । त्यस्तै पठनपाठनमा निरन्तताका लागि ‘एक शिक्षकको विदाई र अर्को शिक्षकको स्वागत’ कार्यक्रमको संचालन गर्ने उल्लेख छ । गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षलार्ई प्राथमिकतामा राखेको हो । गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै स्वास्थ्य वीमा कार्यक्रमलाई प्रत्येक नागरिकसम्म विस्तार गर्ने भएको छ ।

स्वास्थ्य स्वयम्सेविका, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल पुरुष, एकल महिला, शहिद परिवार, वेपत्ता परिवार, द्वन्द्वपीडित र दलित परिवारको निशुल्क स्वास्थ्य वीमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति लिएको छ । पत्नीको निधन भएको र अर्को विवाह नगरेका एकल पुरुषलाई भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी सुत्केरीलाई पोषण उपलब्ध गराउने भएको छ । स्थानीय स्वास्थ्य संस्थामा कम्तिमा ४ पटक गर्भ जाँच गराई तथा सुरक्षित मातृतव कार्यक्रम सञ्चालन भएको स्वास्थ्य संस्था सुत्केरी गराएको र ३५ दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा वच्चाको जन्मदर्ता गराउने आमालाई प्रोत्साहन गर्न सुत्केरी पोषण कार्यक्रमको संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभामा पेश भएको नीति तथा कार्यक्रममा गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने उल्लेख गरिएको छ । पानलिकामा अधिकांश कृषि पेशामा आश्रित रहेको र नागरिकको जिवनस्तर उकास्न स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न लागेको पालिकाले जनाएको छ । गुन्द्रुक सिन्कीको उत्पादन बृद्धि गर्नेदेखि बजारीकरण गर्नेसम्मका लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादन भएको रायो, तोरी र मुलाको सागबाट गुन्द्रुक र मुलाबाट सिन्की उत्पादन गरिदै आएको छ । स्थानीय बजारमा गुन्द्रुक सिन्की तौलभन्दा पनि किसानले बनाएका पोकाका हिसावले बिक्री गरिदै आएको छ । स्थानीयस्तरमा आएका पर्यटकले गुन्द्रुक सिन्की खरिद गर्नेगरेका छन् भने स्थानीयस्तरमा सञ्चालित होटल र होमस्टेले गुन्द्रुक सिन्कीको खपत बढी गर्ने गरेका छन् । गाउँपालिकाले ४५ करोड ७३ लाख ७७ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । १३ औ गाउँसभामा उपाध्यक्ष बिष्णुमाया खवासले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३३ करोड ९३ लाख ८४ हजार अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तरगत आम्दानी हुने देखाइएको छ । त्यसैगरी राजस्व बाडफाड तर्फ८ करोड उन्चालिस लाख ९३ हजार र आन्तरिक आम्दानी बाट ३ करोड ४० लाख जम्मा हुने तथ्याङ्क प्रस्तुत गरिएको छ ।त्यसैगरी चालु खर्च तर्फ ७ करोड २७ लाख ७७ हजार २२० रुपैया सशर्त खर्च तर्फ २० करोड ९६ लाख ८९ हजार रुपैया र पूजीगत खर्च तर्फ १७ करोड४९ लाख १० हजार ७ सय ८० रुपैया खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

माङसेबुङ गाउँपालिकाले गाउँसभाको ११ औं सभाले लिम्बू भाषालाई पालिकाभरी कामकाजी बनाउने तयारी गरेको हो । यसअघि माङसेबुङले वडा नं ५ मा लिम्बू भाषालाई कामकाजी बनाएको थियो । माङसेबुङ गाउँपालिकामा ४३ प्रतिशत लिम्बू जातिको बसोबास रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । ३६ प्रतिशत राई जातिको बसोबास रहेको छ । पालिकामा लिम्बू भाषा कामकाजीलाई प्रभावकारी बनाउन ‘दोभाषे कर्मचारी’ का रुपमा मातृभाषी कर्मचारी नियुक्त गर्नेछ । ‘दोभाषे कर्मचारी’ले कार्यालय र सेवाग्राहीबीच दोभाषेको काम गर्नेछन् । लिपिमा भने दुवै गाउँपालिकाले किरात सिरिजंगा लिपि प्रयोग गर्नेछ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved