एमालेका नौ प्रतिशत मजदुर जनप्रतिनिधिमा निर्वाचित

  • जेठ २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पार्टीले मातहतका भातृ संगठनका प्रतिनिधिहरुलाई राज्यका हरेक निकायमा जिम्मेवार वहन विधानमै उल्लेख गरेको छ । यसै क्रममा नेकपा एमालेको विधानमा निर्वाचित जनप्रतिनिधिमध्ये १० प्रतिशत मजदुर जनप्रतिनिधि हुनुपर्नै प्रावधान छ ।

तर धरानको हकममा भने ९ प्रतिनिधि मजदुरबाट निर्वाचित भएका छन् । एमाले सम्बद्ध मजदुरहरुको छाता संगठन अखिल नेपाल स्वतन्त्र मजदुर संगठन धरान नगरकमिटीले शनिवार नेपाल ट्रेड युयिनन (जिफन्ट) मा आवद्ध रहेर लामो समय काम गरेका र हाल नवनिर्वाचित जनप्रतिनिधिई सम्मान समेत गरेको छ ।

पार्टीले धरान उपमहानगरलिकाबाट जिफन्टमा कार्यरत चार जना वडाध्यक्ष र पाँच जना वडासस्याई सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै अखिल नेपाल मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले पार्टीको विधान अनुसार मजदुर क्षेत्रबाट १० प्रतिशत जनप्रतिनिधि हुनुपर्ने भएपनि धरानमा ९ प्रतिशत मजदुर क्षेत्रबाट स्थानीय तहमा निर्वाचित भएको बताए । उनले भने–‘विगतको भन्दा मजदुरहरु पनि राज्यका निर्णयक ठाउहरुमा पुग्ने क्रम बढिरहेको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

एनले विगतको भन्दा प्रतिशत बढ्दै गएको बताउदै निर्वाचित जनप्रतिनिधिल मजदर र आम सर्वसाधारणको भावना बुझेर काम गर्नुपर्ने बताए ।

इता सम्मानित जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै धरान १५ का वडाध्यक्ष नरेश इवारमले मजदुरका प्रतिनिधि पनि निर्णायक ठाउमा पुग्नु सकारात्मक पक्ष भएको बताए । उनले भने–‘मजदुरले पार्टीमा रहेर मजदुरको सेक्टरमा धेरै काम गरेका हुन्छन्, उनीहरुमा अनुभव समेत हुन्छ, अनुभव संगालेकाहरु निर्णायक ठाउमा पुग्नु सकारात्क कुरा हो ।’

धरान १० मा आयोजित कार्यक्रममा धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, धरा १० का विवेक राई, धरान १५ का नरेश इवारम र धरान ८ का धनबहादुर राई , धरान ७ का वडाध्यक्ष जीवन सुवेदी सहित अन्य वडासदस्यलाई प्रमुख अतिथि रहेका संगठनका अध्यक्ष ज्वाला, केन्द्रीय सदस्य लक्ष्मी बानिया, धरान नगर अध्यक्ष कमल भट्टराईले पार्टीका प्रतिनिधिको उपस्थितिमा सम्मान गरेको हो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved