पर्यटकीय क्षेत्रको फोहोर एक सातादेखि उठेन

  • जेठ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानलाई सफा र सुन्दर सहरको रुपमा चिनाउने उद्देश्यले केही समय अगाडि धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले धरानको मुुटु मानिएको भानुचौकमा फोहोर टिप्दै सर्वसाधारणलाई फोहार नफाल्न आग्रह गर्दै हिडें ।

फोहोर फाल्नेलाई जरिवानासम्म गर्ने उनले सर्वसाधारणलाई बताए । सरसफाई कार्यक्रममा मेयर साम्पाङसँगै विगतमा उनको अभियानलाई सघाउने सहयोगी तथा नगर प्रहरीले समेत साथ दिए ।

तर धरान १४ विजयपुर जसलाई धरान उपमहानगरपालिकाका विगतका मेयरहरुले समेत धार्मिक पर्यटन क्षेत्र बनाउने गुरु योजना अगाडि सारेका थिए त्यही ठाउँमा अहिले एक साता भन्दा बढी समयदेखि फोहोर थुप्रिदा पनि उपमहानगरपालिकाले सडक छेउमा थुप्रिएका पोहोर व्यवस्थापन गर्न सक्रियता नदेखाएकै कारण धार्मिक पर्यटकीय क्षेत्रका सडकमा यत्रतत्र फोहोर थुप्रिएको छ ।

स्थानीय कर्णबहादुर राईले धरान १४ मा सफा गर्ने र फोहोर व्यवस्थापन गर्ने कर्मचारी नआएको पनि एक हप्ता भन्दा बढी भएको बताए । उनले भने–‘यहाको फोहोर सफा गर्ने र संकलन गर्ने कर्मचारी अन्यत्र गएको भन्ने सुनेको छु, उनी गएपछि फोहोर टिप्न नै कोही आएको छैन ।’

स्थानीय तिलक राईले छेउमै थुप्रिएको फोहोर देखाउदै एक हप्ता भन्दा बढी समयदेखि फोहोर सफा नगरेका दुर्घन्धित भएको बताए । उनले कर्मचारी फोहोर टिप्न नआएका कारण दुर्घन्ध फैलिएको बताउछन । उनले भने–‘ऊ यो फोहोर हेर्नुहोस् त करिब १५ दिन भयो होला बोरामा फालेर राखेको, हप्ता हप्ता दिनमा गाडी लिएर आउथ्यो, टिपेर जान्थ्यो तर अहिले त आएकै छैन ।’

धरानको गौरव मानिएको विजयपुरमा देश तथा विदेशबाट दैनिक सैयौ भक्तजनहरु यहा रहेका मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । विजयपुरमा रहेको दन्तकाली, पिण्डेश्वर तथा बुढासुब्बा मन्दिरमा धेरै भक्तजन दर्शनका लागि आउने गरेका छन् भने यदाकदा पञ्चकन्या मन्दिर र पाथीभरा मन्दिरमा समेत भक्तजनहरु पुग्ने गरेका छन् । तर धरान २ सिंहदेवी चौकदेखि उकालो सिढी चढेदेखि नै फोहोरको डंगुर देख्न सकिन्छ । दार्जीलिङबाट बुढासुब्बाको दर्शन गर्न आएका श्याम सुब्बाले धरान अत्यन्तै सुन्दर भएपनि फाहोरले कुरुप बनाएको बताए । उनले भने–‘हामीले सिंहदेवी चौकमा सवारी साधन राखेर विजयपुरको रमणीय दृश्य हेर्दै जाने निर्णय ग¥यौ, सिंहदेवी छेउको वालमा कलाकारहरुले बनाएको विभिन्न देवताको मूर्तिले आकर्षण बढाउने भएपनि छेउमैमा थुप्रिएको फोहोरले त्यसको स्वरुप नै विगारेको छ । यस्ता कुराहरुमा धरानेहरु सचेत हुनुपर्छ ।’

उनले फोहोरले सहरको स्परुप विगर्ने हुँदा सफा गर्ने काम नगरपालिकाको मात्र नभई धरानेहरुको समेत भएकोले यस्ता कुरामा सचेत भए पुग्ने बताए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved