‘हाम्रो पेशा संकटमा पर्दैछ’

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् ।

आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य पेशा गर्न थाले, तर म त बाजुन्जेल पञ्जे बाजा बजाउन छोड्दिनँ ।’

उनको यो भनाईले पञ्चेबाजाप्रति कतिको मोह रहेछ भन्ने स्पष्ट हुन्छ । अहिले धरान नै बस्दै आएको बताउने उनी छोराछोरी अन्य पेशा अंगालेर लाखापाखा लागेपछि बुढेसकालको सहारा यही भएको बताउँछन् । उनी भन्छन्–‘छोराछोरी सबै बाहिर छन्, बुढाबुढीको बाच्ने सहारा यही नै हो ।’

उनलाई पछिल्लो पुस्ताले यस्ता बाजा छोड्दै जाँदा लोप भएर पो जाने हो कि भन्ने चिन्ता छ । पहाडमा सयौको विवाह बटुलामा बजाएर आम्दानी समेत गर्दै आएका उनले पञ्चे बाजा बिनाको विवाह खल्लो हुने बताउछन् । ७० बसन्त पार गरेका दर्जीले सकी नसकी सनाई बाजा फुक्दा पनि उनलाई कुनै कठिनाई भएको महसुस नगर्ने उनी आफू बाचुन्जेल यो बाजा नछोड्ने प्रण गर्छन् । उनी भन्छन्–‘मैले थाहा पाएदेखि मैले यो बाजा बजाएर धेरैको विवाहमा गएको छु, अब उमेर पनि ढल्किन लाग्यो, सकुन्जेल म यो छोड्दिन ।

हुन त केही केही स्थानमा पञ्चे बाजा लोप हुन लागेको भन्दै समिति नै बनाएर जोगाउने प्रयास पनि गरेका छन् । युवा पुस्ता पुराना तथा संस्कृति झल्किने कामहरु छाड्दै पेशा बदल्दै गएका कारण सांस्कृतिक बाजा संरक्षणमा समस्या हुदै गएको छ । युवाहरु वैदेशिक रोजगार जाने, व्यापार व्यवसायतर्फ आकर्षित हुने अर्थात व्यवसाय नै परिवर्तन गर्ने गरेका कारण पनि पुख्र्यौली पेशा संकटमा पर्दै गएका हुन् । युवाहरुले पेशा बदलकै कारण पुस्ता हस्तान्तरण हुन नसक्दा पञ्जेबाजा लोप हुने सम्भावना बढेर गएको सरोकारवालाहरुको समते भनाई छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved