धरानको कार्यपालिकामा एमालेको बहुमत

  • जेठ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर मत परिणाम समेत सम्पन्न भइसकेको छ । वैसाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा समेत वडाध्यक्षसहित वडासदस्यको वहुमत एमालेको रहेको छ ।

०७४ सालको पहिलो स्थानीय तहमा मेयर र उपमेयसहित १४ वडा जितेको एमालेले दोस्रो निर्वाचनमा खुम्चिए पनि वहुमत भने एमालेकै रहेको छ ।

अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष तथा वडासहित सहित १ सय २ जनप्रतिनिधिमध्ये पहिलो स्थानीय निर्वाचनमा एमालेको वहुमत वडाध्यक्ष तथा सदस्य निर्वाचित भएका थिए । दुई दुईतिहाई बहुमत भएको एमालेले ३० जनामा २४ जना एमालेका कार्यपालिका सदस्य रहेका थिए ।

०७६ सालको उपनिर्वाचन निर्वाचनबाट एमालेको शाख गुम्दै गएको थियो । संगठन सृदृढ हुदाहुदै पनि नेपाली काँग्रेसको जस्तै घात प्रतिघात एमालेमा पनि देखियो । जसका कारण नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीले उपनिर्वाचनमा नराम्ररी हार व्यहोर्नु पर्‍यो।

यस पटक पनि एमालेमा त्यही रोग पुरावृत्ति भएको देखिएको छ । संगठन सुदृढ हुदाहुदै पनि मेयर र उपमेयर गुमाउदै १० वडामा सीमित भएको छ भने ५ वडा जितेको नेपाली काँग्रेस २ वडा बढाउदै ७ वडा जितेको छ । यस्तै नेकपा माओवादले विगतमा १ वडामा मात्र जित हात पारेको थियो । यसपालि भने पाँच दलीय गठबन्धनको फाइदा माओवादी केन्द्रलाई भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसले मेयर गुमाउदा माओवादी केन्द्रबाट आइन्द्रविक्रम बेघाले उपमेयर जितेका छन् भने वडा नं. १७ लाई कायमै राखेको छ ।

एमालेको प्यानलै जितेको वडा ४, ५, ८, १०, १२, १३, १५ र १९ बाट ४० जना नगरसभा सदस्य छन् भने वडा २ मा एक वडा अध्यक्ष र एक सदस्य गरी २ जना जितेको छ । यस्तै, वडा ६ मा अध्यक्षबाहेक ४ जना, वडा ७ मा वडाअध्यक्षसहित ३ जना, वडा ११ मा अध्यक्षबाहेक ४ जना जितेको छ भने् वडा १४ मा २ जना र वडा २० मा एक जना सदस्य जितेको छ ।

नगरसभामा कांग्रेसको वडा नं १, ३, ९, १६ र १८ मा प्यानलै जित्दा २५ जना नगरसभा सदस्य जितेका छन् भने वडा २ बाट सदस्यहरु २ जना, वडा नं ७ मा ३ जना, वडा ११ मा एक जना वडाअध्यक्ष, वडा १४ मा कांग्रेसबाट २ सदस्य जना र वडा २० मा अध्यक्षसहित ४ जना गरी कुल ३७ जना नगरसभा सदस्य निवार्चित भएका छन् । यस्तै, माओवादी केन्द्रबाट उपमेयर र वडा १७ मा प्यानल गरि ६ जना निवार्चित छन् । कार्यपालिकाको निर्वाचिनमा पनि काँग्रेस र एमालेले गठबन्धन गरेर जाने संकेत देखा परेको छ । यी दुई पार्टीको जनप्रनिति जोड्दा पनि ४३ मा सीमित भएो छ् । मेयरसहित वडा नं. ६ मा स्वतन्त्र उमेद्वारले जितेका छन् भने वडा नं १४ मा वडाअध्यक्ष राप्रपाले जितेको छ । निर्वाचत अधिकृतको कार्यालय धरानले कार्यापालिकाको सदस्यहरुको निर्वाचन जेष्ठ १६ गतेलाई तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार कार्यपालिका सदस्यको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । सार्वजनिक तालिका अनुसार बुधबार मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय जेठ १३ गतेलाई तोकिएको छ भने जेठ १४ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने र १६ गते मतदान गर्ने कार्यतालिका छ । मतदान बिहान १० बजेदेखि १ बजेसम्मलाई तोकिएको निर्वाचन अधिकृतकको कार्यालय धरानका अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

उनले भने–‘ ८ जना कार्यपालिका सदस्यको लागि निर्वाचन हुन लागेको हो । ती मध्ये ५ जना महिला निवार्चित भएका जनप्रतिनिधिबाट चुनिने र बाँकी ३ जना दलित र अल्पसंख्यकबाट चुनिने प्रावधान रहेको छ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved