प्रतिष्ठानको अस्तव्यस्ताको अन्त्य गर्न सम्बन्धित पक्षलाई कर्मचारीको माग

  • जेठ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बीपी कोइराला स्वास्थ्यभित्र रहेको अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय उपचारमा केन्द्रित रहन सम्बन्धित पक्षलाई कर्मचारीहरुले माग गरेका छन ।

कर्मचारीको संस्था कर्मचारी कल्याण समाज तदर्थ समिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रतिष्ठानको वेथिति अन्त्य गर्दै प्रतिष्ठानलाई चुस्त दुरुस्त राख्न माग गरेका हो ।

समाजका अध्यक्ष किशो प्रसाद पोख्रेल र महासचिव जमुनादेवी भुर्तेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा प्रतिष्ठान अव्यवस्थित भयो भनेर आवाज उठाउने विभिन्न संघ संस्थाहरुको आन्दोलन र प्रतिष्ठानका पदाधिकारीबीचको आन्तरिक द्वन्द्वले प्रतिष्ठानलाई कार्य सम्पादन गर्न अवरोध भयो भन्ने व्यवस्थापन पक्ष सदावहार तर्क र अर्थहीन छानविनको बखेडामात्र झिक्ने र साधन स्रोतमा कन्ज्युयाई गर्ने सरकारको नियतका कारण कर्मचारीहरु समस्या परेको १० बुदे माग प्रतिष्ठानलाई बुझाएका छन् ।

उनीहरुले बुझाएको विज्ञप्तीमा प्रतिष्ठानमा रिक्त भएको सिनेट सदस्य तथा पदाधिकारीको पदमा योग्य व्यक्तिको नियुक्ति गरी सञ्चालक परिषदको वैठक बसेर प्रतिष्ठानको आर्थिक पारदर्शिता, बजेट नीति निर्माणमा प्रतिष्ठान गम्भीर हुनुपर्ने, एक दशक भन्दा बढी कर्मचारीका बढुवा रोकिएकोले त्यसलाई सुचारु गर्नुपर्ने, आर्थिक बर्ष ०७७÷०७८ देखि लागू हुने गरी सरकारले वृद्धि गरेको तलब २ हजार हालसम्म पनि लागू नगरेको, कोभिड भत्ता, कोभिड वीमा रोकिएको रकम उपलब्ध् गराउनुपर्ने, प्रतिष्ठानको सेवालाई चुस्त दुरुस्त राख्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिष्ठानमा विकृति, विसंगति भएको भन्दै विभिन्न संघ, संस्था, प्रतिष्ठानमै कार्यरत कर्मचारी, चिकित्सकहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् भने बीपी बचाउ अभियान नामक संस्थाले विगत ५० दिनदेखि लगातार आन्दोलन गरिरहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved