धरानको जीवनसँग गाँसिएको कुरालाई पूरा गर्छु: साम्पाङ "धरानका नवनिर्वाचित मेयर साम्पाङद्वारा पदभार ग्रहण"

  • जेठ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कसैले पत्याएकै थिएनन्, उनी मेयर हुन्छन् भनेर । उनलाई वेफ्वाकको मान्छे, केही गर्न सक्दैन, भट्याउने मात्र हो, विरोधमात्र गर्ने हो भन्थे तर उनले मेयर भएर देखाइदिए ।

मंगलबार पदभारग्रहण गर्दै गर्दा नव निर्वाचित मेयर हर्कराज साम्पाङका एकजना समर्थकले यस्तो वाक्य बोलेका थिए । उनले भनेका थिए, न उनको ठूलो जमात थियो, न उनलाई कसैले मेयर हुन्छन् भनेर पत्याएकै थिए ।

उनले फेरि थपे न त उनले कसैलाई मासु भात खुवाए, न त कसैका मोटर साइकलमा पेट्रोल हालिदिए , न त उनका पक्षमा घरदैलो गरिदिने कोही देखिए, एक्लै घरदैलो गरे, एक्लै हाते पर्चा वितरण गर्दै हिँडे, धराने जनतासँग जोडिएको एजेन्डा बोकेर हिडेका उनलाई उनको एजेन्डामा कसैलाई विश्वासै थिएन, यहा त धरानलाई स्मार्ट सिटी बनाउने, एयर पोर्ट बनाउने, स्मार्ट बसपार्क निर्माण गर्ने लगायतका एजेन्डा बोकेर आएका ठूला पार्टी निस्किए, तर उनले धरानेहरुको जनजीवनसँग जोडिएको मुद्धालाई उनले उठाइदिए, यही उनको जित थियो उनको भनाई थियो ।

हुन त साम्पाङले पनि ती व्यक्तिको भावना अनुरुप नै पदभारग्रहणका क्रममा प्रतिबद्धता व्यक्त गर्दा सर्वसाधारणमा केही गर्छ भन्ने अटल विश्वास पलाएर आएको थियो । साम्पाङले विगतदेखि नै बारम्बार दोहो¥याउदै आएको कुरा पदभार ग्रहण गर्दा पनि दोहो¥याई नै रहे । पदभार सम्हाल्ने वितिकै उनले भने–‘धरानको जनजीवतसँग जोडिएको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानमा म केन्द्रित हुन्छु ।’

उनले विगतमा सरकारको अनभूति गर्न नपाएकाहरुलाई नगर सरकारको अनुभूति दिलाउने खालको काम गर्ने प्रतिबद्धता जनाए । उनले सबैसँग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता जनाउदै भने ‘हाम्रो लागि सरकार भएपनि कर मात्र उठाउछ भन्ने आभाष हुन दिन्नँ, सरकारको अनुभूति सर्वसाधारणलाई दिलाउछु,। ’

उनले पदभार ग्रहण गरेपछि यो पनि भने नगरपालिकालाई पारदर्शी बनाउन सुचना नपाउने, थुनिनुपर्ने स्थितिको अन्त्य गर्ने धरान उपमहानगरपालिकालाई जनमुखी बनाउने, सूचनाको हकलाई पारदर्शी बनाउदै धरान उपमहनगरपालिकालाई भ्रष्टचारमुक्त उपमहानगरपालिका बनाउने बताए ।

तर उनले गरेका प्रतिबद्धता अनुसार उनको लागि यात्रा सजिलो छैन, झण्डै तीन दशक भन्दा लामो समयदेखि सत्तामा आलोपालो आसिन हुँदै आएका राजनैतिक दल नेपाली काँग्रस,र एमालेका प्रत्यासीलाई फराकिलो मत अन्तरले पराजित गर्न सफल साम्पाङले पदभार ग्रहण गरेसँगै चुनौतिको सामाना पनि धेरै गर्नुपर्ने राजनीतिक विश्लषकहरुको भनाई छ ।

राजनीतिक विश्लेषक प्रा.डा. राजेन्द्र शर्माले ठूला भनिएका दलहरुलाई पछि पार्दैै जित हात पार्नु चानचुने कुरा नभएको बताए । उनले भने–‘०७६ सालको उपनिर्वा चनमा ४ सय २५ मत ल्याएका साम्पाङले अप्रत्यासित जित हात पारेका हुन् । धेरैले ५ देखि ७ हजार भोट नकटाउने आंकलन गरेका थिए । उनले भने–‘उपनिर्वाचनमा यति थोरै मत ल्याएका साम्पाङले २९ महिनाको अवधिमा पाँच दल र एमालेलाई पाखा नै लगाउन सफल हुनुभयो ।’ शर्माले यसको कारण तीन वटा रहेको बताए । उनले भने–‘पहिलो कारण ठूला पार्टीले जन अकांक्षा अनुरुप काम गरेनन्, जनआंकांक्षा पूरा गर्न नसकेका दलहरुका लागि सर्वसाधारण असन्तुष्टि पोख्ने उचित ठाउँ व्यालेट बक्सलाई देखे, दोस्रो दोस्रो स्थानीय निर्वाचनमा दलहरुको विकल्प कही कतै देखेनन् र अन्त्यमा उनीहरुले स्वतन्त्र उमेद्वारलाई नै विकल्प देखे भने तेस्रो कारणचाहिँ धरानेहरुको जीवनसँग जोडिएका खानेपानीको मुद्धा उनको प्रमुख एजेन्डा हो, ठूला दलले प्रमुख एजेन्डा स्मार्ट बसपार्क, स्मार्ट धरान, एयरपोर्ट जस्ता कुरालाई प्राथमिकतामा राखे भने जनजीवनसँग जोडिएको मुद्धालाई सेकेन्डरी मुद्धामा राखे, धरानेहरुको बर्षौदेखिको समस्या समाधान हुने अपेक्षा देखेर पनि उनीप्रति सर्वसाधारण आकर्षित भएका हुन ।’

चुनौति हुदा हुदै पनि गर्न सक्ने सम्भावना भने धेरै भएको प्रा.डा शर्माको बुझाई छ । धरानेहरुको जीवनसँग जोडिएको मुद्धा अगाडि बढाएका कारण यसमा कुनै पनि दलका प्रतिनिधिले अस्वीकार गर्न सक्ने ठाउँ नै भएकोले पनि मेयर साम्पाङले गरेको प्रतिबद्धता पूरा हुन सक्ने प्रतिशत धेरै रहेको उनको भनाई छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved