धरान । निर्वाचन आयोगले मतदाता शिक्षा नदिएकै कारण ०७९ को दोस्रो निर्वाचनमा बदरमतको सख्या बढेको छ ।
मतदाता शिक्षाका कमीकै कारण यो संख्या बढेको हो । निर्वाचत अधिकृतको कार्यादय धरानका अनुसार कुल खसेको ६२ हजार ८ सय मत मध्ये मेयरमा १० हजार ४ सय ७७ मत र उपमेयरमा १७ हजार २ सय १४ मत बदर भएको छ ।
धेरैजस्तो बदर मत गठबन्धमा भएको पाइएको छ । गठबन्धनमा उठेका दलका चिन्हमा सर्वसाधारण अल्मलिदा यसरी बदर मतको सख्या बढेको हो ।
छोटो समयमा निर्वाचन भएकै कारण मतदाता शिक्षा दिन नसकिएको निर्वाचन आयोगको भनाई छ ।