धरानमा नयाँ इतिहास बनाउदै: गठबन्धन र एमालेलाई पछि पार्दे स्वतन्त्र उमेद्वार साम्पाङ विजयी

  • जेठ ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्बिर

धरान। गते सम्पन्न दोस्रो निर्वाचनको मत परिणाम धरान उपमहानगरपालिमा सम्पन्न भएको छ ।

मत परिणाम अनुसार स्वतन्त्र उमेद्वार हर्क साम्पाङले गठबन्धन र एमालेलाई पछि पार्दे जित हात पारेका छन्

साम्पाङले गठबन्धनकाबाट बनेका उमेद्वार तिलक राई ४ हजार ७ सय ६२ मतान्तरले जितेका छन् । साम्पाङको २० हजार ८२१ मत आउदा गठबन्धनबाट मेयरका उमेद्वार नेपाली काँग्रेसका किशोर राईले १६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान ल्याएकी छन् ।

यस्तै उपमेयर तर्फ गठबन्धनबाट मेयर बनेका आइन्द्र विक्रम बेघाले २० हजार ५ सय १० मत प्राप्त गर्दै जित हात पार्नुभएको छ । बेघाले नेकपा एमालेका पदम प्रसाद लिम्बु २ हजार ९ सय ४ मतान्तरले जित हात हात पार्नुभएको छ । लिम्बुले १७ हजार ७ सय ६ मत ल्याउनु भएको छ ।

यस्तै वडाको हकमा नेकपा ०७४ को तुलनामा खुम्चिएको छ । २० वडा रहेको धरानमा ०७४ सालमा मेयर र उपमेयरसहित १४ वडाको वडाध्यक्षसहित प्यानलै विजयी भएको एमालेले ०७९ सालको निर्वाचनमा भने एमालेले मेयर र उपमेयर गुमाएको छ भने १० वडाअध्यक्षमा जित हात पारे पनि विगतको भन्दा खुम्चिएको छ । यस्तै गठबधनका तर्फबाट १ उपमेयर सहित ८ वडाको अध्यक्षमा जित हात पारेको छ भने एक स्वतन्त्र र एक राप्रपाका उमेद्वारले जित हात पारेको छ ।

निर्वाचन अधिकृत कार्यालय धरानका अनुसार वडा नं. १ मा नेपाली काँग्र्रसका यज्ञमणि आचार्य (द्वारिका)(७५७) ले वडाध्यक्षसहित प्यानललै मा जित हात पारेका छन् । वडाध्यक्ष आचार्यले उनका निकत्तम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीलाई (७०३) लाइ जित हात पारेका हुन् । वडा नं. २ मा भने नेकपा एमालेबाट वडाध्यक्षमा रमेश राईसहित एक सदस्यले जित हात पारेका छन् भने बाँकी सदस्य नेपाली काँग्रेसले जित हात पारेको छ । राईले (७४८) उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधिरसिंह (६२७) लाई पछि पार्द जित हात पारेका हुन् । यस्तै धरान ४ मा नेकपा एमालले वडाध्यक्षसहित प्यानललै जित हात पारेको छ । एमालेका धनबहादुरराईले (८२६) उनका निकटत्तम प्रतिद्वन्द्वी नेकाका चन्द्रबहादुर राईलाई (६१२) हराउदै जित हात पारेको हो ।

यसैगरी वडा नं. ५ मा नेकपा एमालेले वडाध्यक्षसहित सदस्यमा प्यानलकै जित हात पारेको छ । एमालेका मनप्रसाद लिम्बुले (१६१५०) नेकाका सन्तोष लिम्बुलाई (१४५४) लाई जित हात पारेका हुन् । नेकाका लिम्बू ०७४ सालको स्थानीय निर्वाचनका वडाध्यक्ष थिए ।

यसैगरी वडा ंनं ६ मा स्वतन्त्र उमेद्वार भुपेन्द्र भट्टराईले गठबन्धन र एमालेलाई पछि पार्दै जित हात पारेका छन् । भट्टराईले (१८२०) एमालेका हरि बहादुर राईलाई (१३२८) पराजित गरेका हुन् । भट्टराई नेपाली काँग्रेसबाट विद्रोही भन्दै स्वतन्त्रमा उमेद्वार बनेका थिए । यस्तै वडा नं. ७ मा नेकपा एमालेले वडाध्यक्ष सहित वडासदस्यमा प्यानलै जित हात पारेको छ । एमालेका जीवनराज सुवेदीले (६७९) नेकाका सुवर्णमोहन पलिखे (५७२) लाई पराजित गरेका थिए । यसैगरी वडा नं. ८मा समेत एमालेले वडाध्यक्षसहित वडासदस्य प्यानलै जित हात पारेका छन् । एमालेका धनबहादुर राई (१७२५) ले नेपाली काँग्रेसका उत्तम राई (९०८) लाई पराजित गरेका हुन भने वडा नं ९ मा भने नेपाली काँग्रेसले वडाअध्यक्षसहित अन्य सदस्य प्यानलै जित हात पारेको हो । काँग्रेसका रुपेश आचार्य (८९७) ले एमालेका शिवकुमार राई (५४६) लाई पछि पार्दै जित हात पारेको हो । ०७४ सालमा यो वडा एमालेले जितेको थियो ।

यसैगरी वडा नं. १० मा नेकपा एमालेले वडाध्यक्षसहित वडासदस्यसहित प्यानल नै जित हात पारेको छ । एमालेका विवेक राईले (९२४) नेकाकी रुप राईलाई (५६७) हराउदै जित हात पारेका हुन् । यसैगरी वडा नं. ११ मा नेपाली काँग्रेसका लोकेन्द्रकुमार फागु (१३९२) ले एमालेका किरणकुमार राई (१३८६) लाई वडाध्यक्षमा जितेका हुन् भने खुल्लासदस्यसहित महिला सदस्य र दलित महिला सदस्य भने नेकपा एमालेले जितेको छ । यसैगरी वडा नं. १२ मा एमालेका टंकबहादुर राई (८१५) वडाअध्यक्षसहित सदस्यमा प्यानलै जित हात पारेका छन् । राईलले नेकाका विष्णु तामाङ (६५१) लाई हराउदै जित हात पारेका हुन् । यस्तै वडा नं. १३ मा समेत नेकपा एमालेले वडाध्यक्षसहित वडासदस्य प्यानलै जित हात पारेको छ । एमालेका नेत्रप्रसाद काफ्ले (१५७३) ले नेकाका पेम्मा तामाङ (११९५) लाई पराजित गरेका थिए । भने वडा नं. १४ मा पहिलो पटक राप्रपाले जित हात पार्दै इतिहास रचेको छ । राप्रपाका कृष्णप्रसाद भट्टराई (९०५) ले एमालेका उत्तम आले मगर (६१४) लाई हराउदै जित हात पारेका थिए । यस वडामा खुल्ला सदस्यमा दुई जना काँग्रेस र महिला र दलित सदस्यमा एमालेले जितेको थियो ।

यसैगरी धरानको सबैभन्दा ठूलो वडाको रुपमा रहेको धरान १५ मा भने नेकपा एमालेले वडाध्यक्षसहित वडासदस्यमा प्यानलै जित हात पारेको छ । एमालेका नरेशकुमार इवारम (३६०८) ले गठबन्धनबाट उठेका माओवादी केन्द्रका सुवास खवास (११८२) लाई फराकिलो मतान्तरले जित हात पारेका छन् । वडा नं. १६ मा भने विगतको विरासत गुमाएको छ । ०७४ सालमा जिते पनि ०७९ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले वडाअध्यक्षसहित प्यानलै जित हात पारेको छ । नेकाका मुरारीप्रसाद भट्टराई (२०४४) ले एमालेका नेत्रबहादुर कार्की (१७१८) लाई जित हात पार्दै इतिहास रचेको हो । यसैगरी धरान १७ मा भने माओवाद केन्द्रले जित हात पारेको छ । ०७४ सालमा समेत माओवादी केन्द्रले नै जितेको उक्त वडा ०७९ को स्थानीय निर्वाचनमा पनि कायम राखेको छ । माओवादी केन्द्रका वडाध्यक्षका उमेद्वार सूर्यबहादुर भट्टराई (२१७६) ले नेपाली काँग्रेसका नरसिंह राई (१४३६) लाई जित हात पार्दै विगतको जितलाई सुनिश्चित गरेको हो । माओवादीले वडाध्यक्षसहित अन्य सदस्य प्यानलै जित हात पारेको हो ।

यसैगरी धरान १८ मा नेपाली काँग्रेसले वडाअध्यक्षसहित अन्य सदस्यमा प्यानलै जित हात पारेको छ । वडाध्यक्षमा नेकाका नरेन्द्रकुमार राई (७८४) ले एमालेका ऋषि वान्तावा (३०६) लाई जित हात पारेका हुन् भने धरान १९ भने एमालेको वडाध्यक्षसहित अन्य वडासदस्य समेत प्यानलै जित हात पारेका छन् । एमालेका वडाध्यक्षका उमेद्वार पूर्णबहादुर लिम्बु (९२८) ले नेकाका राजकुमार लिम्बु (८५४) लाई हराएका हुन् ।

यसैगरी धरान २० मा भने मिश्रित परिणाम आएको छ । यस वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लिम्बु (६०४) ले नेकपा माओवादी केन्द्रका विजय तामाङ (५९६) लाई जित हात पारेको छ । उक्त वडामा खुल्ला सदस्यसहित महिला तथा दलित महिला सदस्यमा नेपाली काँग्रेसले जित हात पारेको छ ।

१ लाख ३ सय मत रहेको धरान उपमहानगरपालिकामा दोस्रो स्थानीय तहको निर्वाचनमा ६२ हजार ९८ मत खसेको थियो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved