धरानमा नाइट मार्केट संचालन गर्ने योजना बनाएका विवेक राई को हुन् ?

  • वैशाख २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १० का विवेक राई नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्धवार वनेका छन् । युवा उम्मेद्धवार राईले धरानमा रात्री कालिन वजारको मागलाई पुरा गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् । धरानको माग र आवस्यकतालाई मध्यनजर गर्दै उनले धरान १० स्थित पुतली लाइनलाई नाइट मार्केट सन्चालन गर्ने भनेर चुनावी घोषणा पत्रमा प्रतिवद्धता व्यतm गरेका छन् । धरानमा अत्यन्तै आवश्यकतालाई मध्यनजर गर्दै सवै शान्ति सुरक्षाको प्रवन्ध गर्न प्रहरी प्रशासनसँग समन्वय गरी नाइट मार्केट सन्चालन गर्ने राईले वताए । उनले भने,“शान्ति सुरक्षाको मुख्य चुनौती हो , त्यसको प्रवन्ध गर्ने छु, वडाको हरेक स्थानमा सिसि क्यामेरा जडान र प्रहरी प्रशासनसँग समन्वय गरी म नाइट मार्केट सन्चालन गर्ने छु । ”

त्यसको पुर्व तयारीको लागि धरान स्थित पुतली लाइनका व्यापारीहरुसँग विहीबार व्यापार व्यवसाय सन्चालन गर्नेहरुसँग पहिलो चरणको छलफल समेत गरेका छन् । उनको त्यस्तो योजना सुनेर त्यहाँका व्यवसायीहरु उत्साहित समेत वनेका छन् ।धरानमा नाइट मार्केट सन्चालन गर्नको लागि यस अघि देखि नै माग हँुदै अाँएपनि कार्यान्वयन हुन सकेको छैन । धरान १५ स्थित वगरकोटलाई सो अवधारणा अनुसार सन्चालन गर्ने पहिलो स्थानीय तहको चुनावमा विभिन्न दलका राजनीतिक पाटीहरुले चुनावी प्रतिबद्धता गरे पनि पुरा हुन सकेको छैन ।

को हुन विवेक राई
विवेक राई आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर १० बाट वडाध्यक्षका युवा उम्मेद्धवार हुन् ।युवा संघको वडाकै राजनीतिमा एमालेबाट उदाएका राई हाल नेकपा एमाल १० नम्वर वडा कमिटीका अध्यक्ष समेत छन् । उनले २०६१ सालमा युवा संघको वडा सदस्यबाट राईले आफ्नो राजनीतिक यात्रालाई अघि वढाएका थिए ।


राजनीति सहित वडाका युवाहरुलाई संगठित गर्दै हाल एमाले पार्टीबाट उम्मेद्धवार वनेर थप वडाको विकासमा गरि नमुना वडा वनाउन लागि पर्ने वताउँछन् । वडामा मात्रै नभएर धरानमा नै उनी लोकप्रिय युवाको रुपमा परिचय वनाएका छन् । युवा संघ राजनीतिबाट उनी वडाबाट धरानको राजनीतिमा उदाएका युवा उम्मेद्धवारको रुपमा राई पर्छन ।

उनी वडामा लोकप्रिय छन् । राजनीति,खेलकुद, सामाजिक काम लगायत सवै क्षेत्रमा उनी परिचित छन् । कसैलाई अपात विपत पर्यो अथवा समस्या भयो भने उनै विविक राईलाई नै वडावासीले सम्झिने गरेका छन् ।खेलकुदमा पनि उनले उतिकै सहयोग गरेका छन् । युवाहरुलाई संगठित र एकत्रित पार्दै स्वास्थ्य व्यायम, फुटवल खेलाडीलाई सहयोग लगायतको काम गरेर युवाहरुको ढुकढु्की समेत वनेका छन् । कोरोनाको संक्रमणकालिन अवस्थामा औषधी उपचार लगायत माक्स सेनिटाइजर वडावासीको घर घरमा गएर सेवा गरेका थिए ।उनको अहिले वडामा उम्मेद्धवार वनेपछि वडावासी थप खुशी भएका छन् ।

राईले वडाको विकास गर्न यसअघिका जनप्रतिनिधीले गरेका अधुरा कामहरुलाई निरन्तरता दिने र थप योजना वनाएका छन् । वडालाई हरित वडा वनाउने उनको लक्ष्य रहेको छ । खहरे करिडोरलाई थप व्यवस्थि गर्दै पार्क वनाउने उनको योजना रहेको छ । अवस्थित सुकुम्वासी वस्तीलाई व्यवस्थित गर्ने,वृद्ध असतmलाई घरैमा पुगेर भता वितरण गर्ने , असहाय असतmलाई सहयोग र स्वास्थ्य उपचारको लागि सहयोग गर्ने , वडामा खानेपानी समस्यालाई समाधान गर्न हरेक वडामा खानेपानी टंयाकी राखेर निशुल्क पानी वितरण गर्ने ,शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने लगायतका महत्वकाँक्षी योजनाहरु उनको छ । उनी भन्छन्, “अवस्थ पनि वडावासीलाई मलाई जिताउनु हुने छ , त्यसका लागि म वडावासीलाई २४ सै घण्टा सेव ागर्न तयार छु, आफुले गरेको चुनावी प्रतिवद्धता कदापी भुल्ने छैन, पुरा गर्ने छु । ”

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved