भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की – सुधिर सिंह लिम्बू

  • वैशाख २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन्। आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्बू वडा नं. २ को नेतृत्व गर्ने उद्देश्यका साथ चुनावमा होमिएका छन ।

माओवादीले धरान २ को अध्यक्षमा काँग्रेसलाई सघाएपछी गठबन्धनका अध्यक्ष उम्मेदवार सुधीरसिंह लिम्बुको लागि बाटो खुला भएको छ । तथापि यसअघि पनि वडा २ कांग्रेसकै अध्यक्ष माधव गोविन्द श्रेष्ठ विजयी भएकाले काँग्रेसलाई सहज स्थिति बनेको छ । गठबन्धन भएपछि अव सुधिर सिंहको सिधा प्रतिस्पर्धा एमालेका रमेश राई सँग हुँदैछ ।

वडा २ देशी लाइनमै हुर्किएका सुधीर सिंह लिम्बु वडाका युवाहरूका लोकप्रिय अगुवा हुन् । स्थानीय व्यवसायीहरू सँग सहयोगी अभिभावकको रूपमा उनी परिचित छन । देशी लाइनको फराकिलो सडक सहित आधुनिकीकरण, भौडी चौकलाई पार्कको रूपमा विकास गर्ने कार्यमा सुधीर सिंहको महत्वपूर्ण भूमिका रहेकाले वडामा उनको युवा समाजसेवीको छवि रहँदै आएको छ ।

धरानको खानेपानी समस्यामा सबै भन्दा ठुलो मारमा परेका वडा २ भएको उनको भनाई छ । बसपार्क र धरानको मुटु नै भएकाले यहाँको होटेल, रेष्टुरा, व्यापार, व्यवसायको लागि खानेपानीको सबैभन्दा ठुलो मारमा पर्दै आएकाले वैकल्पिक रूपमा खानेपानी उपलब्ध गराउन नियमित वडाकै ट्याङ्करको व्यवस्था गर्ने सुधीरसिंहको प्रतिबद्धता छ । वडामा खानेपानीको मौज्दात राख्न खानेपानी उपयुक्त स्थानमा ट्याङ्की बनाउने योजनामा पनि उनको छ ।

भानु चौक, देशी लाइनको व्यवसायलाई व्यवस्थित गर्ने, सोही ठाउँमा बसपार्क, ट्याक्सी, ट्याम्पो सफारीको पार्क, स्ट्यान्ड सार्वजनिक शौचालय भएकोले वडा २ ले त्यहाँका सुरक्षा, सरसफाइ र उचित व्यवस्थापनको चुनौती सँग सामना गर्दै आएको छ । चौतर्फी सवारी सञ्चालनलाई व्यवस्थित गर्न प्राविधिक पनि प्रयोग गर्न जरुरी भएको बताउँदै उनले भने, ‘भानु चौकमा ट्राफिक लाइटको व्यवस्था नगरी नहुने देखिएकोले त्यसमा पनि मेरो प्राथमिकता हुनेछ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved