एमाले धरानको चुनावी घोषणा पत्रः केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माण सम्म

  • वैशाख २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान l नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ ।

यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच बर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो ।

निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच बर्ष सम्म एमालले गर्ने कामबारे जानकारी गराउनु भयो ।

एमालेले २०७४ को स्थानिय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको बताउनु भयो । विगतमा एमालेबाट विजयी जनप्रतिनीधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र हैन, मतदाताहरुको सम्मान पनि भएको उहाँको भनाई छ ।

एमाले नेतृत्वको स्थानीय सरकारले ८० प्रतिशत भन्दा बढी काम गरिसकेको तर उपनिर्वाचनमा एमालेलेको नेतृत्व गुमेको कारण अढाई वर्ष धरानले गति लिन नसकेको उहाँले पत्रकार सम्मेलनमा स्पष्ट पार्नु भयो ।

‘अहिले हामीले प्रतिवद्धता जाहेर गरिरहदा खेरी यहाँका नियमित हुने कामहरु त छदै छन् ती बाहेक धरानलाई साच्चै समृद्ध बनाउनका निमित्त ठुला मेघा प्रोजेक्टहरु संचालन गर्नुपर्छ ।’–उहाँले भन्नु भयो –‘जसले सदियौ सम्म धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्न सक्दछन् भन्ने एउटा निष्कर्षका साथ हामीले सामान्य भाषामा भन्दा खेरी गेम चेन्जिङ प्रोजेक्ट हुन सक्छन् भनेर केहि प्रोजेक्टहरु अगाडी सारेका छौ । यीनलाई केन्द्र भागमा राखेर निर्वाचनमा होमिएका छौ ।’

एमालले प्रदेश नंबर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ ।

निर्माणधिन बस पार्कलाई पनि एमालेले पहिलो प्रथामिकतामा राखेको छ । सप्तरंगी पार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरीको डिजाईनमा विकास गर्ने योजना रहेको छ । यस्तैगरी शिवजंट्टाको सौन्दर्यकरण त्यस्को बिकास र विस्तार, बिष्णुपादुका, कोका खोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्ट छ त्यसलाई सम्पन्न गर्ने एमालेले योजना ल्याएको छ ।

सुरु गरिएको औधोगिक ग्राम त्यसलाई पूरा गर्ने छ । व्यवस्थित आधुनिक सहरको नमुनाको रुपमा बनाउनु पर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने जनाएको छ ।

यस्तै ४ नम्बर वडामा मनमोहन पार्क सुरु गरेको र त्यसलाई पुरा गरि ग्रामिण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ । तारे भीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ संचालन गर्ने योजना ल्याएको छ । धरानमा केबलकार सञ्चालकको पनि योजना ल्याएको छ । निर्माणाधीन आदीबासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठूला प्रोजेक्टहरुलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ । ‘नगरपालिकाको आफनो लगानीले मात्र सम्भव छैन । हामी सामुहिक निजी साझेदारीको माध्यमबाट यी कामहरु पुरा भईसके पछि धरानको दिर्घकालिन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौ ।’–सुवेदीले भन्नु भयो । ड्रिम प्रोजेक्टहरुलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरुलगायतको काम गरेर जाने योजना रहेको उहाँले बताउनु भयो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved