विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालन गर्ने १६ नं. वडाको घोषणा

  • वैशाख २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt घरदैलो कार्यक्रममा सामुहिक तस्वीर लिँदै नेकपा एमालेका तर्फबाट मेयर÷ उपमेरका उम्मेद्वार सहित १६ नं वडाका उम्मेद्वारहरु

धरान र धरान १६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालनगर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ ।

नेकपा एमालेको तर्फबाट धरान १६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गरेका छन्  ।

विपन्न वडावासीहरुलाई निशुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गरेका थिए । हालका वडाध्यक्षका उम्मेद्वार हिमालले धरान १६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्ययमशाला सञ्चालन गर्ने, निमार्णधिन तारा सुब्बा स्मृति पार्क निमार्ण सम्पन्न गरि सञ्चालनमा ल्याइ अन्तरिक पर्यटकको केन्द्रविन्दुको रुपमा विकास गर्ने, अति विपन्न घर परिवारलाई स्वास्थ्य विमा गर्नको लागि पहल गर्ने, मधुमेह, उच्चरक्तचापका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको लागि पहल गर्ने, युवाहरुलाई सिप विकास तालिम प्रदान गरि उनीहरुको आर्थिक स्तर उठाउने, वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन पहल आवश्यक पहल गर्ने, साममाजिक सुरक्षा भक्ता घर घरमा पु¥याउने व्यवस्था मिलाउने, वडा पूर्ण रुपमा छुवाछुत मुक्त बनाउने योजनाहरु रहेका छन् ।

वडालाई आगामी ५ वर्ष भित्र कच्चि सडक मुक्त वडाको रुपमा विकास गर्ने, गितसंगित क्षेत्रको संरक्षणका लागी संगातलय भवन बनाइने, वडाको उपुक्त स्थानमा पुस्कतालय भवन निमार्ण गरिने, १६ नं। वडाको मुख्य सडकको रुपमा रहेको जनपथको बाटोलाई रङ्गरोगन गरि सिसि क्यामरा जडान गरिने, वडामै खेलकुद उपसमिति गठन गरि विभिन्न खेलकुदको अयोजना गरिने, अति विपन्न यतायात मजदुर÷निमार्ण कार्य गर्ने मजदुरहरुको स्वास्थ्य बिमा गर्नका लागि पहल गरिने, वडामा रहेका संघसंस्था भवन, मठमन्दिर गुम्बा लगायत धार्मिक स्थलहरुको संरक्षण गरिने, ८० वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा थप गरि वितरण गरिने साथै कुलतमा फसेका युवाहरुलाई जनचेतनाको माध्यमबाट समाजमा पुर्नस्थापना गराई स्वरोजगार तालिमको व्यवस्था गरिने लागयतको योजनाहरु रहेको वडाध्यक्षका उम्मेद्वार हिमाल कार्की बताए।

 

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved