धरान । नेकपा एमालेको तर्फबाट वडा नम्बर ८ को वडाअध्यक्षको उम्मेदवार हुन् धन बाहादुर राई । विगत २८ बर्ष देखि जनताको सेवा तल्लिन छन् । वडा अध्यक्षमा जतताले विस्वास गरेर पठाए ५ बर्ष अवधिमा वडाको विकाशमा जनताको सेवक भएर काम गर्ने उद्देश्य लिएका छन् । यातायात मजदुरको रुपमा विगत १२ बर्ष देखि काम गर्दै आएका छन् । मजदुरहरुको हकहितका लागि आन्दोलन गर्दै २०३६ साल देखि २०४५ साल सम्म निरन्तर जन्ताकै सेवामा लागेर काम गरि रहेको धेरै अनुभव बटुलेका छन् । जतताको सेवा गर्दा गर्दै उनी राजनितिमा लागे । उनले वडाभरिको समस्या नियालेका छन् । त्यस्ता समस्यालाई कसरी न्युनिकरण गर्ने र वडाको विकासलाई कसरी अगाडि बढाउने उनले बुझेका छन् । जनताको आशालाई निरासा हुन नदिने उनको प्रतिबद्धता रहेको छ । उनले यातायात मजदुरका रुपमा काम गर्दा १३ सय मजदुरलाई सहयोग गरेका छन् । मजदुरका छोराछोरी पठाउन एउटा विद्यालय खोलेका छन् ।
मजदुरका छोराछोरीलाई अध्ययन गराउन निशुल्क पढन र यातायात मजदुरका परिवारलाई दोकान समेत चलाउने ब्यवस्था गरि दिएका छन् । धरान ८ को मुल समस्या खानेपानि रहेको छ । खानेपानीको समस्यालाई समाधान गर्ने उनको पहिलो प्राथमिकतामा रहेको छ । पानिको वितरण नमिलेको स्थानहरुमा सहजीकरण गर्दै पहिलो चरणमै समस्या समाधान गर्ने उनी बताउँछन् । धरान ८ का सुकुम्बासीको समस्या समाधान गर्न लामो समय देखि उनले काम गरेका छन् । सुकुम्बासीहरुको आवश्यक्ताहरु पुरा गर्न सक्रिया भएर काम गरे । अबको ५ बर्ष राईका योजनाहरु धरान ८ मा १ कठ्ठा ३ धुर जग्गामा हस्पिटल बनाउदै छन् । त्यसको १५ प्रतिसत काम सुरुवात गरि सकेको छन् । त्यसलाई चाडै निर्माण गरेर जन्तालाई सेवा सुविधा दिने, वृद्ध रोगी बैंक सम्म जान नसक्नेहरुलाई घर–घर मा गएर भत्ता वितरण गर्ने, धरान ८ मा सुकुम्बासी बालबालिकाहरुलाई खेल्नका लागि खेलमैदान बनाउने उनको योजना छ ।
वडामा रहेका ३ वटा सामुदायिक वनलाई हराबरा बनाएर पर्यटन भित्र्याउने वातावरण बनाउने योजना अघि सारेका छन् । द राईजिङ्ग कलवका अध्यक्ष समेत रहेका धन बाहादुर राईले उपमहानगरपालिकाबाट क्लबको लागि ११ धुर जग्गा माग गरेका छन् । युवा खेलाडीहरुलाई कुलतमा नलागुन भनेर खेल भवनको निर्माण गर्ने र धरान ८ मा रहेको सभागृह भवन जिर्ण भएको छ । त्यसलाई आयस्रोत जुटाएर बिग्रेको संरचनालाई सुधार गर्ने योजना छ । सभागृहको तल्लोपटि रहेको जंग्गामा बालबालिका खेलमैदान बनाउने उनको योजना छ । नयाँ बस पार्क बनाउँनका लागि उनी २०७३ सालदेखि संयोजक भएर काम गरे । उनले लामो समय देखिको बसपार्क समस्यालाई समाधान गर्न पहलकदमी गरे ।
स्थानीयहरुलाई सम्झाइ बुझाई गरे पछि अहिले बसपार्क निर्माणको क्रममा छ । धरानको फोहोर मैला व्यवस्थापन गर्न पहल गरेका छन् । फोहोर पानमाराको जंगलमा थुपार्ने र त्यहाँ आगो बालेर जलाउदा धरान क्षेत्रको वायु प्रदुषण हुने भएकाले त्यसलाई समेत व्यवस्थापन गर्ने तर्फ उनको योजना छ । धरान ८ तीन ढ्वागेमा फलामे फुल बनेको छ । त्यसमा कालोपत्रे गरी रेलिग्ङ लगाएर गमलामा फुल राप्ने योजना छ । वडाका विभिन्न चोकमा सि सि क्यामेरा जडान गर्ने, भोटेपुलको रहेको खोलालाई समेत फलामे पुल बाट वारि पारी जान जोडाउने ५ बर्षे विकासको योजना रहेको उनी बताउँछन् ।