खानेपानी र खहरे करिडोर नियन्त्रण जनताको माग

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमाले धरानका उम्मेदवारहरु सँग स्थानीय जनताले खानेपानी समस्या समाधान र खहरे करिडोर नियन्त्रण गरिदिन माग गरेका छन् ।

एमालेका मेयर र उपमेयर सहित वडाका उम्मेदवारको घरदैलोको क्रममा वडा नम्बर ९ र १० का स्थानीयले खानेपानी समस्या समाधान र खहरे नियन्त्रण गरिदिन माग गरेका हुन् । गत बुधबारदेखि सुरु भएको घरदैलो अभियानका क्रममा विहीबार घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए ।manju (3)

स्थानीय सँग भोट माग्दै एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहरे करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक राईले समेत आफु विजयी भएपछि वडाको खानेपानी समस्या र खहरे करिडोरको समस्या हल गर्ने प्रतिबद्धता जनाए । कोरोना महामारीका बेला वडाध्यक्षका प्रत्यासी राईले गरेको सहयोगको स्मरण गदै मतदाताहरुले वडा अध्यक्षमा कुनै पनि हालतमा जिताएर छाड्ने प्रतिबद्धता जनाएका थिए । साथै, वडाबासीहरुले विगतमा वडाले गरेको कामका विषयमा समेत प्रशंसा गरेर जितका लागि अग्रिम बधाई समेत ज्ञापन गरेका थिए ।

घरदैलो अभियानको क्रममा मेयरका प्रत्यासी भण्डारी र उपमेयरका प्रत्यासी इस्वोले घर निर्माण गरिरहेका मजदुरहरुसँग समेत भेट गरेर समस्याका विषयमा बुझेका थिए । घरदैलो कार्यक्रममा मेयरका प्रत्यासी मञ्जु भण्डारी(सुवेदी) र उपमेयरका प्रत्यासी पदम इस्वो सहित चुनाबी प्रचार अभियानलाई तिब्रता दिएको हो । वडा पार्टी कार्यलयबाट सुरु भएको घरदैलो कार्यक्रम बुढासुब्बा मार्ग, बर्गैचा लाइन हुदै देउराली चोक, धनकुटे रोड हुदै पुःन पार्टी कार्यलयमा पुगेर टुङिगएको थियो ।manju (8) manju (1) manju (5) manju (10) manju (9) manju (3) manju (2) manju (7)

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved