वीपीमा विकासको बाधक: ‘शुद्धीकरणका अभियन्ता’

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणका लागि चिकित्सकहरुनै लामो समय देखि आन्दोलनमा छन् । विगत ११ महिना देखि शुद्धिकरणका लागि प्रतिष्ठानकै चिकित्सक, कर्मचारी सहित विद्यार्थीहरु आन्दोलित छन् । थप प्रतिष्ठान बाहिर पनि स्थानीय सहित अभियन्ताको नाममा एक समुह पनि खबरदारी गर्दै दैनिक धर्नामा रहेको छ ।

लामो समय देखि आन्दोलन चलिरहँदा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले शुद्धिकरण अभियन्ताबाटै विकाशका कामहरुमा बाधा पुगेको दाबी गर्छन् । शुद्धिकरणको माग गर्दै आन्दोलन गर्नेहरु बाटै विकाशमा बाधा पुगेको उनको भनाई छ । उपकुलपति डा. गिरीले आफ्नो कार्यकालमा भएका गरेका कामहरुको तथ्यांक सार्वजनिक गर्दै सञ्चारकर्मीहरु सँग बीपी डुबाउने र काममा अवरोध गर्ने मुख्य बाधक विगतमा राजनामा दिने पदाधिकारी र शुद्धीकरणको आन्दोलनमा लागेका अभियन्ताहरु नै रहेको उनले बताए । उनले प्रतिष्ठानभित्र २०÷२५ जनाको एक समूहले जहिल्यै प्रतिष्ठानमा राजनीति गर्ने र जिम्मेवार व्यक्तिलाई काम गर्न नदिने प्रवृत्ति विगतदेखि नै रहेकाले उनीहरुको समुहलाई जरादेखि नै नफालिए बीपीको काम अगाडि बढ्न नसक्ने उनको दाबी छ । उनले भने, ‘उनीहरु त प्रतिष्ठानको काममा बाधक भए, बाहिरबाट समेत मान्छे ल्याएर आन्दोलन गर्न लगाउँछन्, प्रतिष्ठानका जिम्मेवार व्यक्तिलाई एसएमएसद्वारा धम्की दिन्छन्, बमले उडाइदिन्छु भन्छन्, यस्ता व्यक्ति बीपीमा रहुन्जेल बीपी झन धरासायी बन्दै जान्छ, इन्द्रको बाउ चन्द्रे आए पनि बीपी सुुध्रिदै्न ।’

उच्छृखल समूहले संस्थालाई जहिल्यै उधोगतितर्फ लाने उनी बताउँछन् । बाहिरका मेडिकलसँग साठगाठ गरेर बीपीको आम्दानी बाहिर लाने काम उनीहरुबाटै भएको उनको आरोप छ । उनले भने, ‘आफू बीपीको हितमा काम नगर्ने, बीपीलाई कमिशनबाट कमाई गर्ने भाडो बनाउने, अनि पदाधिकारीहरुलाई भ्रष्टाचारको आरोप लगाउने काम उनीहरु गरिरहेका छन् ।’ अराजक तत्वहरुसँग सधै डराएर बस्न ठिक नलागेकाले सञ्चारकर्मीहरुले राज्यको आँखा खुलाउने गरि समाचार सम्प्रेषण गरिदिन पनि उनले आग्रह गरे । उनले भने, ‘म चिकित्सा क्षेत्रमा प्रतिष्ठान जन्मनु भन्दा अगाडिदेखि नै संलग्न छु, मैले निजी अस्पताल विराटनगरको नोबेल अस्पतालमा जिम्मेवार पद लिएर बसे, त्यहाँ गएर तपाईहरुले बुझ्दा पनि हुन्छ, म यहाँ संस्था बनाउछु भनेर आएको हुँ, भ्रष्टाचार गर्न आएको हैन, यिनै तत्वले हाम्रो बारेमा अफावह फैल्याएका हुन्, अब यसको भण्डाफोर गर्छु, भलै बीपीको उपकुलपतिको पद नै किन छोड्नु नपरोस् ।’

उनले कतिपय कर्मचारी र शिक्षकहरुको मेडिकल तथा पसल बाहिर भएको बताउदै प्रतिष्ठानको ८० प्रतिशत राजस्व बाहिर जाने गरेको उनले सुनाए । उनले भने, ‘यहा रहेका यस्ता तत्वले बीपीको ८० प्रतिशत राजस्व बाहिर पु¥याउने, बीपीमा राजनीति गरेर बीपीलाई तहस नहस पार्ने काम गरेका छन्, जबसम्म यिनीहरुको अप्रेशन हुँदैन तवसम्म यो संस्था सुध्रिदैन ।’ पदाधिकारी बद्लेर मात्र प्रतिष्ठानको सुधार नहुने बताउँदै उनले भने, ‘प्रतिष्ठानमा जुन तत्व क्यान्सरको रुपमा रहेको छ, उनीहरुले भोलि प्रतिष्ठानलाई जनकपुर चुरोट कारखानाको अवस्थामा पुर्‍यlउछन् ।’

बीपी सुधारको पक्षमा कुरा गर्दै अवरोध भए पनि दुई बर्षको अवधिमा उल्लेख्य सुधार गरेको उनले दाबी गरे । उनले भने, ‘म आएको दुई बर्ष भयो, एक बर्ष त कोरोनाले खासै काम गर्न दिएन, त्यसमा पनि प्रतिष्ठानमा यस्तै तत्वले अनेक बाधा अड्चन गरे, यही मैले जे सोचेर आएको त्यति काम भने गर्न सकिनँ ।’

उनले रेडियोलाजी सेवमा समेत सुधार गरेको दाबी गर्दै नेपालमै दोस्रो र उपत्यकाबाहिर पहिलो अत्याधुनिक प्रविधिको २ सय ५६ स्लाइसको सिटिस्यान मेसिन खरिद गरी जडान गरेको बताए । उनले भने, ‘टेष्लाको एमआरआई मेसिशन खरिदका लागि टेन्डरको प्रक्रियामा रहेको, १.५ टेस्लाको एमआरआई मेसिन खरीद प्रक्रियामा रहेको, अल्ट्रासाउण्ड, एक्सरे मेशिन लगायत अन्य उपकरणको आवश्यक मर्मत सुधार गरी सञ्चालनमा ल्याएको छु, अन्य सेवामा समेत स्तरोन्नति गर्दै प्रतिष्ठानमै फार्मेसी सेवा सञ्चालन गरेको छु ।’

उनले टेलिमेडिसिन सेवाबाट सुनसरी, मोरङ, धनकुटाका १२ हजार भन्दा बढीलाई समुदायस्तरमै उपचार सेवा प्रदान गरेको, डेन्टल चेयर तथा मर्मत तथा खरिद गरेको, शैक्षिक क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको दाबी गरेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved