मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।

मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ९ सुवेदी ० र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले वताए ।

 

278539427_1036786880569215_2613541048155249074_n 278750885_374220791411949_328722825632892455_n 278403171_326527009412967_6942856725936873810_n

उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ ।

आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रतिवद्धता जनाएका छन् ।मतदाताहरुले उम्मेद्धवारसँग हालको खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफुहरु प्रतिवद्ध रहको मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले वताइन् । उनले भनिन्,खानेपानी समस्या धरानको मुल समस्या हो , सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुने छ ।

निर्वाचन मुल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , र्वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३७ र १२ मा घरदैलो अभियान सन्चालन गरिने छ ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved