धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ ।
स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए ।
१५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना देखि १५ बर्षका बालबालिकाहरुलाई मात्रै लगाईने भएको हो । खोपबाट १३ प्रकारका रोग नियन्त्रण हुने गरेको तथ्यांकले देखाएको छ । खोप १५ महिनामा एक पल्ट मात्रै लगाईनेछ । रोगले आन्द्रामा प्वाल पार्ने, आन्द्रामा घाउ हुने, मस्तिष्कमा असर गर्ने र बिस्तारै शरीरका अन्य अङ्ग समेत खराब गरेर प्यारालाइसिस हुने स्वास्थ्य शाखा प्रमुख मेहेताले जानकारी दिए ।
टाइफाइड खोप, सुदृढीकरण र सरसफाइ प्रवद्र्धन सम्बन्धि प्रत्येक स्कुलमा र वडामा बालबालिका तथा अभिभावकहरुलाई एक दिने अभिमुखीकरण समेत गरिने उनले बताए । पत्रकार सम्मेलनमा उपमहानगरले दिएको ५ बर्षको तथ्यांक अनुसार रोग बाट ४ लाख ५० हजार जना संक्रमित हुने गरेका छन् ।
रोगको न्युनिकरण गर्न २०७९ बैशाख ८ देखि १६ गते सम्म सुनसरी जिल्ला भरि १ सय १२ वटा खोप केन्द्र बाट ४४ हजार ७ सय ७ जनालाई खोप लगाउने लक्ष्य लिएको मेहेताले बताए । स्कुल नजाने साना बच्चाहरुलाई र छुटेका बालबालिकाहरुलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै खोप केन्द्र संचालन गरिने उनले बताए । एड्स संक्रमित बालबालिकाहरु र कुनै खोप लगाउदा एलर्जी आउने बच्चाहरु बाहेक सबैले खोप लगाउन मिल्ने मेहेताले बताए ।