हाम्रो धरान भेट्रान फुटबल कप: सेमिफाइनल समिकरण पुरा

  • वैशाख ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आजको खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । यस अघि नै दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज भएको पहिल हाम्रो इटहरी भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । दमक लखनपुरकालागी विकास राई र देउमान लिम्बूले २÷२ गोल गरेका थिए । इटहरीका निर्मल तामाङले गोल गरे भने अर्काे गोल दमकले आत्माघाती गरेको थियो । खेलको म्यान अफ द म्याच दमकका विकास राई घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो ।

त्यस्तै आज भएको दोस्रो खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई पराजित गर्दै एभरेष्ट भेट्रान मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । एभरेष्टले आयोजकलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणी लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार र भेषराज लिम्बूले गोल गरे भने आयोजकका खगेन्द्र खड्काले मात्रै गोल गरे । जनकराज सुनुवार र योगेन राईले गोल गर्न चुक्दा आयोजकल पराजित भएको थियो । खेलमो म्यान अफ द म्याच एभरेष्टका विष्णु सुनार घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो ।

भोली पहिलो सेमिफाइनल खेल दुधे भेट्रान झापा र एभरेष्ट भेट्रान मोरङ बीच ३ः३० बजे धरान रंगशालामा हुने भएको छ भने पर्सि बिहीबार दोस्रो सेमिफाइनल दमक लखनपुर भेट्रान र लेटाङ भेट्रान बीच हुने आयोजकले जनाएको छ । हाम्रो धरान भेट्रान फुटबल क्लबका आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved