धरानका मठमन्दिरमा घुँइचो

  • वैशाख २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्बिर : दन्तकाली मन्दिर धरान सुनसरी

धरान । धार्मिक महत्व बोकेको धरान स्थित विजयपुरको मठमन्दिरहरुमा नयाँ वर्षको पहिलो दिन पुजाआजा गर्ने भक्तजनहरुको घुँइचो लागेको छ ।

विशेष पर्व बाहेक विजयपुरका मठमन्दिरहरुमा शनिबार मात्रै घुँइचो लाग्ने गरेको भए पनि विहिबार नयाँ वर्ष २०७९ को पहिलो दिन परेकाले भक्तजनहरुको भिड लागेको हो । नयाँ वर्षको पहिलो दिन विजयपुर क्षेत्रमा धरान देखि बाहेक मोरङ, सुनसरीका अन्य नगरबाट पनि भक्तजनहरु आएको स्थानीय प्रेम श्रेष्ठ बताउँछन् ।

विजयपुर क्षेत्रका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरहरुमा पनि दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरुको घुँइचो लागेको छ । विहिबार कुनै पौराणिक तथा धार्मिक महत्वको दिन नभए पनि नयाँ वर्षको पहिलो दिन देखि आउने दिनहरु शुभ रहोस् भन्ने कामना गर्दै मठमन्दिरमा दर्शन गर्नेहरु धेरै आउने दन्तकालि मन्दिरका पूजारी विश्वराज खनाल बताउँछन् । उनले भने, ‘नयाँ बर्षको पहिलो दिन देवीदेवताको आराधाना गर्ने र आउदा दिनहरु राम्रो होउन् भनेर कामना गर्ने चलन छ । त्यसैले आजको दिन भिड भएको हो ।’

बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव एवं समाजसेवी उत्तम आले मगरका अनुसार दिउँसो १ बजेसम्म पनि दर्शनार्थीहरुको भिड थियो । उनी पनि धार्मिक महत्वले नभै बैशाख १ गते नयाँ बर्षको पहिलो दिन भएकोले भक्तजनहरु पूजा आजा गर्न आएको बताउँछन । उनले भने, ‘धार्मिक महत्वको हिसाबले होइन, नयाँ सालको पहिलो दिन भएकोले दर्शन गर्न, पुजा गर्न आउनेहरुको भीड भएको हो,’आले भन्छन् । नयाँ वर्षको पहिलो धरानको ऐतिहासिक विजयपुर गढीमा अवस्थित शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ । धरान १४ मा पौराणिक एवं ऐतिहासिक महत्त्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । बुढा सुब्बामा युगल जोडी तथा नव विवाहित जोडीहरू प्रेमको प्रतीक मानेर टुप्पो नभएको बाँसमा डोरा बाँध्न आउने गरेका छन् ।

नयाँ वर्षको पहिलो दिन धर्मकर्म गर्दा वर्ष भरीनै फलिफाप हुने विश्वास भएकाले पुजा गर्न आएको इटहरीबाट परिवार सहित आएका बाबुराम भण्डारी बताउँछन् । नयाँ वर्षको दिन घुमघाम, रमाईलो गर्दा वर्ष भरीनै रमाईलो हुने भएकाले परिवारलाई घुमाउन ल्याएको उनको भनाई छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved