बीपी सुधार आन्दोलनलाई राप्रपाले सहयोग गर्ने

  • चैत ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ ।

पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको ।

राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’

पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाका लागि लड्ने विज्ञप्तीमार्फत जनाएको छ । विगतका राजनीतिक दलहरुले जनताको हितमा काम गर्न नसक्ने बताउदै विगतमा जितेर गएकाहरुले जनताको हित र राष्ट्रको रक्षा गर्न सक्दैन भन्ने प्रमाणित भइसकेकोले यसपटक सोचेर बुझेर मात्र मत हाल्न आग्रह गरेको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved