स्थानीय तह निर्वाचन : धरानको मेयरमा एमालेबाट ११ जना

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरपालिकामा आकांक्षीहरु धेरै भए पछि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदमा ११ जनाको नाम सिफारिस गरेको छ ।

सर्वसम्मत उम्मेदवारको नाम सिफारिश गर्ने प्रयास भएपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर जिल्ला कमिटीलाई सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले बताए । एभेङका अनुसार १ केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्वजिल्ला सदस्यको नाम मेयरको लागि सिफारिस भएको हो । जसमा केन्द्रीय सदस्यसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रदेश सदस्यहरु मनोज कुमार मेन्याङ्बो, प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई र किशोरकुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्वजिल्ला समिति सदस्य तिर्थ मास्के रहेका छन् ।

सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारी र दोस्रो नम्बरमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको नाम उल्लेख छ । नेताहरुका अनुसार उनीहरु दुईमध्ये एक जनाले टिकट पाउने संभावना धेरै छ ।

एमाले धरान नगरसमितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य शुसिला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई रहेका छन् ।

उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिश गरेको हो । जिल्ला कमिटीबाट प्रदेश कमिटी हुदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ । जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काँटछाँट गर्न सक्नेछ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved