गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा

  • चैत १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाण्डौं / गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको हो ।

मुभिजले बुधबार एक विज्ञप्ती जारी गर्दै सो हल सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।
‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै यही मिटि चैत ११ गते शुक्रवारदेखि ओम, नमस् र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’

गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित गर्दै छ । ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा फिल्म हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै ३ वटा हल संचालनमा ल्याएको हो ।

शुक्रवारदेखि गोपिकृष्णमा कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् । गोपिकृष्ण आरजिबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउने छ ।

कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपिकृष्ण आरजिबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन हुनेछन् । यी सिनेमा हलमा सिमिति समयका लागि टिकट दर तीन सय रुपैयाँ कायम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved