प्रदेश १ स्तरीय बास्केटवलको दुबै अपाधी धरानलाई "महिला तर्फ धरान मेघा हिमालयन र पुरुष तर्फ हाम्रो कलेक्सन बिजयी"

  • चैत ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

झापा/ झापा विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले जितेको छ । विर्तामोड ५ न. वडा खेलकुद समितिद्वारा बुधबार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो ।

महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

यसै गरि पुरुष तर्फका विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उनिहरुलाई ५ नं वडा खेलकुद समिति अध्यक्ष विशाल धिमाल, झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिङदेन, वास्केटवलका राष्ट्रिय टिम क्याप्टेन सदिस प्रधान, नेपाल बास्केटवल लिगका संयोजक नमित थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि महिला तर्फ धरान मेघा हिमालयन कलेजकि डा। आशा राई र पुरुष तर्फ हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनिहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे । नेपाल बास्केटवल लिग एनविएलको समेत सहयोग रहेको प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १२ टिमले सहभागिता जनाएको थियो ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved