धरान । विगत ६ वर्ष देखि धरान १७ स्थित हराईजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय बास्केटबल कपको छैठौं संस्करण चैत ५ गते देखि हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगितामा देशभरका ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष बसन्त राईले बताए ।
उनका अनुसार प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लब सहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स बास्केटवल क्लब काठमाण्डौं छन् ।
प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ११ लाख १ सय ११ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । अघिल्लो सँस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेताको पुुरस्कार ५० हजार रहेकोमा यस वर्ष रासी थप गरिएको उनले बताए ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइने उनले बताए । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रअरी प्रालि(टुबोर्ग वियर), सहप्रायोजक धरान १७ समाज हङकङ, धरान समाज युके रहेको छ ।