धरानले गर्न नसकेको बास्केटबलको ‘ब्राण्डिङ’

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो । धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो । नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ । तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन । यसमा कि अज्ञानता हुनुपर्छ कि उदासिनता ।

धरानमा ‘१३ औं साफ गेम’का लागि पहिलो पटक ‘क्लोज क्याम्प’ आयो । धरान बास्केट बल संघ र आबद्ध खेलाडीले अत्यन्तै संघर्ष गर्नुप¥यो । नेपालमा पहिलो पटक सुनसरीको धरानमा ‘नेस्नल टिम’ को ‘क्लोज क्याम्प’ भयो । ४९ दिनसम्म ६५ जना महिला–पुरुषको टिम प्रशिक्षित भए । यति ठूलो ‘प्रोग्राम’ आउँदा स्थानीय सरकारले महत्वपूर्ण कार्यक्रमका रुपमा लिएन । प्रदेश सरकार त बेखबर नै बन्यो । ‘क्लोजक्याम्प’ को नतिजा पनि सफल नै आयो । ‘क्लोज क्याम्प’ का टिमहरु ‘थ्री एण्ड थ्री’ र ‘फुटकोर्ट’ मा दोस्रो र तेस्रो स्थानमा आउन सफल भए ।

बास्केटबलमा धरानले राष्ट्रिय स्तरमा अतुलनीय देन दिएको छ । लकडाउनमा पनि नसुस्ताएको धराने बास्केटबलको कथा–व्यथा र यसलाई माथि उठाउन के गर्नुपर्ला भनेर सरोकार वालाहरुले विचार राखेका छन् ।

बास्केट बलमा बेखबर प्रदेश सरकार, स्थानीयले महत्व बुझेन

275429969_834409784623657_6029251540169563464_n

 

 

 

 

 

विकास चाम्लिङ राई (प्रशिक्षक
१ नम्बर प्रदेश

सङ्क्रमणमा बास्केट बल
कोभिड संक्रमणबाट बास्केट बल खेलको क्षेत्र अछूतो रहन सकेन । गतिविधि गरिएता पनि खेल क्षेत्र माथि उठ्नुपर्ने ठाउँमै ‘ब्लकेज’ भइपएपछि गतिविधि गरेर पनि केही नहुने रहेछ । एकदमै ‘घाटा लाग्यो’ । किनकि राष्ट्रिय, अन्तर्राष्ट्रिय गतिविधि नै रोकियो ।
त्यसो हुँदाहुँदै पनि हामीले बास्केट बललाई हराएर जाने अवस्था भने बन्न दिएनौं । हामीले गतिविधि गरी नै रह्यौं । टाइट लकडाउनका बेला हामीले घरमै सेल्फ प्राक्टिसका लागि प्रोत्साहित ग¥यौं । केही खुकुलो भएपछि अभ्यास भइरहोस् र गतिविधि नसेलाओस् भनेर सानोतिनो बास्केट बल प्रतियोगिताहरु सञ्चालन ग¥यौं ।
विश्वमा नयाँ परिचित थ्री एण्ड थ्र्री बास्केटबलले धेरै सहयोग ग¥यो । सानो एरिया, थोरै खेलाडीले पनि हुने भएकाले यसको अभ्यास ग¥यौं । यसका प्रतियोगिताहरु एकदिने पनि गर्न सकिने भएकाले महिला पुरुष प्रतियोगिता ग¥यौं । विशेष गरेर विद्यालयस्तरीय खेलमा ‘फोकस’ ग¥यौं । यसले नयाँ खेलाडीमा उत्साह र पुराना खेलाडीले ‘रिफ्रेस’ हुने मौका पाए ।
बिपी प्रतिष्ठानभित्र आयोजना गरिएको अशोक स्मृति खुला बास्केट बल प्रतियोगिता सञ्चालन गरियो । ‘सिनियर’ खेलाडीहरु र धरानबाहिरका खेलाडीहरु यस स्पर्धामा सहभागी भए । केही समयमा होराइजन क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको छ । जसमा काठमाडौंबाट तीनचार वटा क्लबले सहभागिता जनाउने छ । सबै ‘नेस्नल प्लेयर’ हरुको सहभागिता हुन्छ ।
१३ औं साफमा नेपालले ‘फुलकोर्ट’मा महिलातर्फ ‘सिल्भर मेडल’ ल्यायो । ‘फुलकोर्ट’मै पुरुषतर्फ ‘ब्रन्ज मेडल’ ल्यायो । थ्री एण्ड थ्रीमा पनि महिलातर्फ तेस्रो र पुरुषतर्फ दोस्रो भएको थियो । त्यो नतिजाबाट हामी ‘राइज’ भएर गएका थियौं । ‘साफ गेम’मा ‘गोल्ड मेडल’ ल्याउने हाम्रो ‘टार्गेट’ थियो । तर लकडाउनले ठप्पै भयो । हिजो जुन ठाउँबाट हामी माथि चढेका थियौं । त्यही ठाउँबाट तल झरेका छौं ।
हामीले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलहरु खेल्न पाएनौं । खेलाडीहरु सामान्य रुपमा चलायमान मात्रै भए । कसी नाप्ने ठूला प्रतियोगिता गर्न पाएनौं । यसबाट बास्केट बलमा ‘लस्ट’ भयो । तर पनि निमिट्यान्न हुने, उठ्नै नसक्ने अवस्थामा भने पुगिहालेनौं । हामीले खेलाडीलाई चलायमान चाहिं राख्यौं ।
धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केट बल प्रतियोगिता जुन चैत १५ गतेदेखि हुँदै छ, यसैको नतिजा हो । योभन्दा अघि धरानमै होराइजन क्लबले ५ गतेदेखि राष्ट्रिय स्तरको प्रतियोगिता गर्दैछ । यसअघि होलिल्याण्ड स्कुल, सियोन स्कुललगायतले बास्केट बल प्रतिस्पर्धा गराए । यसलाई हेर्दा पूर्वमा बास्केट बल चलायमान चाहिं भइरहेको छ । समग्रलाई हेर्दा हिजोभन्दा आज राम्रो, आजभन्दा भोलि राम्रो हुनुपर्नेमा सङ्क्रमणका कारण ‘अपग्रेड’ हुने काम ठप्पै रोकियो ।

धरानको योगदान
बास्केट बलमा काठमाडौंपछि धरानले राम्रो काम गरेको छ भनिन्छ । त्यसपछि पोखराको ‘कन्ट्रिब्युसन’ छ । धरान बास्केट बल संघ, नेपाल बास्केट बल संघ दर्ता हुनुभन्दा अगाडिको संस्था हो । नेपालमा बास्केट बलको सुरुआत धरानबाट भएको इतिहास छ । नेपाल बास्केट बल संघका पूर्व अध्यक्ष दिवंगत लामा टेण्डी शेर्पा जो राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पनि हुनुहुन्थ्यो । ओलम्पिक कमिटीका महासचिव पनि हुनुभयो । सातौं राष्ट्रिय बास्केट बल प्रतियोगिताका बेला मन्तव्यका क्रममा उहाँले नेपालमा बास्केट बल धरानबाट सुरु भएको बताउनु भएको थियो । यो हिसाबले समग्र बास्केट बलमा धरानको ‘कन्ट्रिब्युसन’ हुने भई नै हाल्यो । योसँगसँगै यहाँको माहोल, ‘क्रेज’ र खेलाडी उत्पादन पनि यहाँ राम्रोसँग भइरहेको छ । बास्केट बलको विकास, बास्केट बलप्रतिको लगावको कुरा गर्दा धरानको अथवा भनौं पूर्वको राम्रो भूमिका छ । धरानसँगसँगै मोरङ, उदयपुर, झापाले पनि खेलमा राम्रो प्रगति गर्दै गएको छ । प्रतियोगिताहरु आयोजना गर्दै गइरहेका छन् । उहाँहरुले धरानमा आतिथ्यता गर्दै आउनु भएको छ । जतिबेला काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुन्थ्यो, त्यतिबेला मोफसलबाट जाने टिम भनेकै सुनसरी र अधिकांश खेलाडी धरानका हुन्थे । किनभने धरान अगाडिदेखि नै खेलिरहेकोथ्यो । प्लेटफर्म थिएन वा निर्माण हुन सकेको थिएन भनौं । धरानले खेलिरहँदा नेपाल बास्केट बल संघ बनेको थिएन ।
‘नेवा’ले जति बेला काठमाडौंमा पहिलो पटक राष्ट्रिय ‘गेम’ गरायो । त्यतिबेला हामी ‘धरान टिम’ भनेर गएका थियौं । त्यसपछि मात्रै सुनसरी, पूर्वाञ्चल भएर गयौं । अधिकांश समय हामीले ‘धरान’ भनेर प्रतिनिधित्व ग¥यौं ।

खेलाडी उत्पादन
कोभिड सङ्क्रमणपछि स्कुल भर्खरै लाग्न थाले । बास्केट बल संघको तर्फबाट हामीले स्कुलस्कुलमा कोच हुनुपर्छ भनेर प्रोत्साहित गर्ने काम ग¥र्यौं । धरानमा दुई पटक ‘मेयर स्कुल ओलम्पिक’ भयो । बास्केट बलमा १७ विद्यालयले महिला बास्केट बल टिम र २४ वटा स्कुलले पुरुष टिमको सहभागिता गराएको थियो । यो फुटबल प्रतियोगितासँग झण्डैझण्डै बराबरीको प्रतिस्पर्धा हो । फुटबलमा करोडौं रुपैयाँ आउँछ । बास्केट बलमा बाहिरको रकम आउँदैन । र, पनि स्थानीय सहयोग, व्यक्तिगत र केही संघसंस्थाबाट चलिरहेको छ । उपमहानगरपालिकाले स्कुल ओलम्पिक थालेपछि कक्षा १० सम्मका ४ सय बढी विद्यार्थीले बास्केट बलमात्रै खेले । त्यो समयमा स्कुलले ‘कोच’ चाहिने रहेछ भनेर राम्रा खेलाडीहरुलाई ‘हायर’ गरेको थियो । जसले रोजगारी समेत सिर्जना गरेको थियो भने खेलाडी उत्पादनको अवस्था उल्लेखीय थियो । ‘कोच’ पाएको खेलाडी भनेको राम्रो मल पाएको विरुवाजस्तै हो । दुई वर्ष राम्रो भयो । हाम्रा दर्जन बढी खेलाडीले ‘कोच’को जागिर पाएका थिए । बास्केट बलको क्रेज राम्रो थियो । धरान उपमहानगरपालिकामा उपनिर्वाचनपछि विभिन्न समस्या देखाउँदै रोकियो । हुन पाएन । यो वर्ष पनि भएन । कोच बेरोजगार भए । खेलाडी उत्पादनमा कमि भयो । तर पनि हामीले प्रतियोगिता गराएर भए पनि उहाँहरुलाई ‘इन्भल्बमेन्ट’ गराएका छौं ।

लकडाउनपछि पनि करिब डेढ दर्जन प्रतियोगिता भए । १० कक्षामुनिका महिला–पुरुष ‘क्याटेगोरी’का भाइबहिनीहरु कक्षा १२ का भाइबहिनीहरु, ब्याचलर लेभलका भाइबहिनीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताहरु भइदिंदा खेलाडीमा उत्साह हुन्छ । स्थानीय सरकारबाट प्रतियोगिता सञ्चालन हुँदा विद्यालयहरु पनि ‘सिरियस’ तरिकाले भिड्ने, स्कुलस्कुलमा प्रतिस्पर्धाको भावना हुने, कोच राख्नुपर्छ भन्ने मानसिकता हुने हुँदो रहेछ ।

हामीले कोचको तर्फबाट मात्र पहलकदमी गरिरहेका छौं । स्थानीय सरकारले प्रतियोगिता आयोजना नगर्दा, भएका प्रतियोगिता पनि रोकिदिंदा असर परेको छ ।

खेलाडीको अपेक्षा
खेल क्षेत्रका दृष्टिले हेर्दा पनि मुलुकमा नाममात्रको संघीयता आएको जस्तो लाग्छ । संघीय प्रणाली आयो, प्रदेश स्तरीय खेलकुद समिति पनि बन्यो । सदस्य सचिव आइसके । राम्रै बजेट छुट्टिएको छ । र पनि केही भएको देखिंदैन । संघीयता आइसकेपछि यसको संरचना, खेलकुदको ढाँचा, प्रदेश, जिल्लाका टिम निर्माण हुने, त्यहीअनुसारको बजेट निर्माण र वितरण हुने, त्यहीअनुसार पूर्वाधार निर्माण गर्ने, प्रशिक्षकहरुलाई चलायमान गराउने, संघहरुलाई चलायमान गराउनुपर्छ जस्तो लाग्छ । त्यो छैन ।
काठमाडौं खेल्न गयो भने चाहिं राम्रो खेल्न गएको ठानिने, स्थानीय गेमलाई सामान्य रुपमा लिने जुन मानसिकता छ, त्यसले पनि भ्रम सिर्जना गरेको छ । राम्रो योजना बनाएर, राम्रो स्पर्धा गरेर प्रदेश १ मा खेल्न आउँदा चाहिं खेल खेल्न गएको अनुभूत होस् । त्यो खाल्को वातावरण तयार हुनुपर्छ । अहिले पनि हामी काठमाडौं, काठमाडौं भन्दैछौं । काठमाडौंमा चाहिं काठमाडौंकै मात्रै खेल्दा पनि ‘नेस्नल’ हुने बाहिर खेल्दा मूल्यांकन र बुझाइमा पनि फरक हुने परिपाटीलाई हटाउन खेलको क्षेत्रमा प्रदेश सरकारले राम्रो योजना ल्याउनुपर्छ । आर्थिक कुरा आउँछ । भएकै कुरा पनि चलायमान गर्न सकिएको छैन ।

धरान वा भनौं सुनसरीले बास्केट बलमा अन्डर सेभेन्टिन जितेको छ । अन्डर नाइन्टिनमा दोस्रो भएको छ । छैठौं राष्ट्रिय गेममा महिला दोस्रो भएको छ । तर पनि जितेको अनुभूत नभएको जस्तो, मूल्यांकन नभएपछि त्यस्तो हुँदो रहेछ । जितेपछि गर्वको अनुभूति हुनुपर्छ ।

धरानमा ‘१३ औं साफ गेम’का लागि ‘क्लोज क्याम्प’ ल्यायौं । अत्यन्तै संघर्षले । सबै ‘क्लोज क्याम्प’ काठमाडौंमै हुनुपर्ने, किन हामीले काठमाडौं बाहिरलाई प्रभाव पार्न सकेनौं ? गम्भीर प्रश्न छ । नेपालमा पहिलो पटक सुनसरीको धरानमा ‘नेस्नल टिम’को ‘क्लोज क्याम्प’ भएको हो । ४९ दिनसम्म । ६५ जना महिला पुरुषको टिम आएर यहाँ बसे । यति ठूलो ‘प्रोग्राम’ आउँदा स्थानीय सरकारलाई खासै महत्वको कुरा भएन । प्रदेश सरकार त बेखबरै छ । स्थानीय सरकार पनि महत्व नबुझेजस्तो बसेको छ । खेलक्षेत्रमा यसलाई हामीले ठूलो उपलब्धि मान्छौं । हामीले ‘क्लोज क्याम्प’ ल्याउनलाई हारगुहार ग¥यौं । खेलकुदमा लागेको व्यक्तिको हिसाबले यसलाई हामीले ऐतिहासिक कार्य गरेको महसुस ग¥यौं । धरानमा यस अघि कहिल्यै ‘क्लोजक्याम्प’ आएको थिएन । त्यही टिम ‘थ्री एण्ड थ्री’ र ‘फुटकोर्ट’ मा दोस्रो र तेस्रो स्थानमा आउन सफल भए ।

खेल क्षेत्रको महत्व बुझ्न प¥यो र त्यसअनुसारको योजना र संरचना निर्माण गरेर चलायमान बनाउन प¥यो ।
लकडाउनका समयमा पनि हामीले बास्केट बललाई चलायमान बनाउनका लागि खेलाडीलाई संघबाट डेढ महिना समर क्याम्प गरायौं । ‘ट्यालेन्ट हन्ट’ अन्तर्गत एसईई दिएर बसेका जेहेन्दार सय जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । लकडाउनमा हामीले सुरक्षा मापदण्ड पालना गर्दै ट्यालेन्ट हन्ट ग¥यौं । यस्तो बेला पनि डेढ दर्जन विद्यार्थीलाई हामीले ‘स्कलरसिप’ मा पढाइरहेका छौं । ‘ब्याच्लर लेभल’ विद्यार्थीलाई पनि लकडाउनका बेला सुरक्षा मापदण्ड पालना गर्दै ‘ट्रेनिङ’ गरायौं । यसले पनि बास्केट बललाई चलायमान बनाउन सहयोग गरेको छ ।

खेलमा समान दृष्टि छैन

104431811_2692867447481131_1115688388889217130_n

 

 

 

 

नारायण सुवेदी (अध्यक्ष)
सुनसरी बास्केट बल संघ

वास्तवमा नेपालमा बास्केट बल खेलको जन्म नै धरानबाट भएको हो । यो इतिहास छ । धरानमा ब्रिटिशसँगै नेपालीहरुले सिकेपछि यो खेल धरानबाट सुरु भएको विश्वास गरिन्छ । जसलाई नेपाल बास्केट बल संघका पूर्व अध्यक्ष दिवंगत लामा टेण्डी शेर्पाले पनि पुष्टि गर्नु भएको थियो । र, सातौं गेमका अवसरमा मन्तव्य दिने क्रममा उल्लेख गर्नुभएको थियो ।

सायद त्यही भएर पनि होला, अन्त भन्दा बढी क्रेज पनि धरानमै देखिन्छ । जिल्ला संघ त छ, राजकीय निकायमा चाहिं जिल्लाको संरचना समन्वयकारी मात्रै छ । पहिले चाहिं जिल्ला बास्केट बल संघमार्फत् नै गतिविधि गथ्र्यौं । जिल्लाले छुट्टै फर्मेसन गर्न सकेको छैन । ‘टेक्निकल सपोर्ट’ जिल्लाले गर्छ । धरान बास्केट बल संघकै ब्यानरमै कार्यक्रम गरिरहेका छौं ।

अहिलेसम्म बास्केट बलमा प्रदेशबाट सहयोग पाएका छैनौं । स्थानीय सरकारले खेलकुदको बजेट नियन्त्रित ढङ्गले परिचालन गरेको छ । आफूलाई इच्छा लागेको हिसाबले काम गरेको छ । तारा सुब्बा मेयर हुँदा सुरु भएको स्कुल ओलम्पिकले बास्केट बल मात्र नभएर सबै खेललाई ‘मोबिलाइज’ गरेको थियो । प्रतिस्पर्धामा जित्नु पर्ने भएपछि ‘प्रशिक्षक’ राखेर खेलाडी उत्पादन गर्ने काम हुन्थ्यो । पूर्व खेलाडीले पनि प्रशिक्षकको भूमिका पाएका थिए । लकडाउनमा पनि बास्केट बलको गतिविधि भए । ट्यालेन्ट हन्ट सम्पन्न भयो । धेरै विद्यालयले बास्केट बल खेलाडीलाई ‘स्कलरसिप’ दिएका छन् । धरानमा जिल्ला बास्केट बल र धरानको सहकार्यमा काम गर्दै आएका छौं ।
सबै खेलकुदलाई समान दृष्टिले हेर्ने चलन छैन । ‘स्पोन्सर’ हरुमा पनि त्यो धारणा छ । बास्केट बललगायतका खेललाई पनि प्रवद्र्धन गर्न आवश्यक छ । प्रतियोगिता हुने नियमित आधार तयार गर्न राज्य तहका सबै सरकार विशेष गरी स्थानीय सरकार जिम्मेवार हुनुपर्छ । बास्केट बलमा लामा टेण्डी शेर्पाको निधनपछि निकै नै अभाव खड्किरहेको छ ।

इन्करेज ‘स्टप’ भयो

274865958_497131308543546_735622660117636029_n-removebg-preview

 

 

 

 

 

 

 

नवीन राई (कप्तान)
प्रदेश १ बास्केट बल टिम

‘पेन्ड्यामिक’ को लामो समयमा पनि हामीले बास्केट बलको गतिविधि ग¥यौं । यसले धेरै असर ग¥यो । हामीले त्यो समयमा ‘टुर्नामेन्ट’ को विभिन्न ‘प्लान’ हरु बनाएका थियौं । तर सबै ‘स्टप’ भयो । हामीले बास्केट बललाई जुन रफ्तारमा लगेर ‘टफ’ बनाउने, ‘भ्याली’ मा ‘फाइट’ गर्ने ‘प्लान’ गरेका थियौं । त्यो अघि बढ्न सकेन । ‘रिसेन्ट्ली’ ‘प्यान्ड्यामिक’ खुलेपछि ‘पेन्डिङ’ भा’को ‘प्रोग्राम’ हरु ‘सक्सेस’ गरिरा’छौं ।
‘पेन्ड्यामिक’ का कारणले खेलाडीहरुलाई ‘इनकरेज’ गर्ने काम ‘स्टप’ नै भा’को थ्यो । ‘सपोर्ट’ थिएन । ‘रिसेन्ट्ली’ ‘गेम’हरु गरिरा’छौं । पहिले स्कुलतिर ‘कोच’ राख्ने गरेको थिएन । डिपो स्कुलमा मात्र थियो । अहिले प्रायः स्कुलहरुले ‘कोच’ राखेर ‘ट्रेनिङ’ गराइरहेको छ । कम्पिटिसन अहिले ‘टफ’ हुन्छ । कलेज लेभलमा पनि राम्रो खेलाडी उत्पादन भइरहेको छ । बास्केट बलको विकास भइरहेकै छ ।

क्रेज छ, लगानी छैन

275446280_672184997539260_2849861480277946593_n

 

 

 

 

 

रोशन राई (खेलाडी, प्रशिक्षक)

लकडाउनले गर्दा खेल्न पाउने अवस्था थिएन । ‘पेन्ड्यामिक’ मै पनि बास्केट बलप्रतिको मोहका कारण खेल्न छाडिएन । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै हामीलाई लकडाउनले रोकेन । तर व्यावसायिक रुपमा भने राम्रो भएन । लकडाउनपछि अहिले विस्तारै बास्केट बल अगाडि बढ्दै छ । ‘गेम’ हरु हुँदैछ । धरानमा ‘गल्र्स–बोइज’को ‘गेम’हरु भइरहेको छ । बास्केट बल खेलाडीलाई सहयोगको आवश्यक छ । बास्केटमा विद्यार्थीको उत्साह राम्रो छ । पहिले स्कुलमा ‘कोच’ हरु राख्ने गरेको थिएन । ‘स्पोर्ट्स टिचर’ भन्थ्यो । अहिले हामी ‘कोच’ का रुपमा छौं । हुन त अहिले पनि हामीले ‘स्पोर्ट्स टिचर’ कै रुपमा काम गरिरहेका छौं । ‘स्पेसिफिक बास्केट बल टिचर’को रुपमा राख्ने चलन छैन । काठमाडौंमा मात्र ‘स्पेसिफिक कोच’ राख्ने गरिएको छ । धरानमा बास्केट बलको ‘क्रेज’ बढ्दै नै गइरहेको छ । प्रतियोगिता धेरैभन्दा धेरै भइरहनुपर्छ । स्थानीय सरकारले खेलप्रति माया मोह राख्नुपर्छ । क्रिकेट र फुटबलमा मात्र बढी लगानी गर्ने गरिएको छ । बास्केट बलको प्रतियोगिताको प्रथम पुरस्कार बीस हजार र तीस हजारभन्दा माथि उठ्न सकेको छैन । धरान सरकारले पनि पहल प्रयत्न गर्नु आवश्यक छ । पूर्वमा बास्केट बलको हब नै धरान हो ।

खेल पर्यटनमा धरानले काम गर्न सक्छ
हेमन्त राई (खेलाडी, प्रशिक्षक)

पेन्डामिक अगाडि बास्केट बल प्रोग्रामहरु बढी मात्रामा भइरहेको थियो । पेन्डामिकपछि बास्केट बललाई एकदमै धक्का पुग्यो । जति पनि नयाँ जेनेरेशनहरु प्रोडक्सन भइरहेको थियो, उनीहरु हतोत्साहित भए । पेन्डामिकले गर्दा खेल्न नपाउने, गेमहरु छोड्ने भयो । जुन स्कुलको प्रोडक्सन थियो, त्यो लगभग ५० प्रतिशतभन्दा ज्यादा हरा’को छ अहिले पेन्डामिकपछि । फेरि हामीले बास्केटबल गतिविधि त्यति नै गर्नुपर्ने हुन्छ । सरकारी निकायको एकदमै कम सहयोग छ ।

जुन तरिकाले हामीले प्रोग्राम गरिरा’हुन्छौं, त्यही तरिकाले सहयोग पु¥याइदिनु भयो भने हामीले योभन्दा अझै राम्रो गर्न सक्छौं । योभन्दा बढी ‘सपोर्ट’ गर्ने क्षमता उहाँहरुसँग छ तर पनि मजाले सहयोग आ’को छैन । बास्केटबल खेललाई धरानको गौरवको रुपमा लिनुपर्ने हो, स्थानीय सरकारले त्यो लिएको छैन । नेपालमा बास्केट बलको सुरुआत नै धरानदेखि भएको हो त्यसलाई स्थानीय सरकारले ‘क्यास’ गर्न सकेको छैन, ब्राण्डिङ गर्न सकेको छैन । हुन त खेलकुदमा नेपालको सरकारले त्यस्तो त केही पनि गर्न सकिरहेको छैन । खेलप्रेमीको मायाले गर्दा मात्रै टिकिरहेको छ । सरकारले हेर्नु्पर्ने कुरा हेरेको छैन । उहाँहरुको ग्राह्यता अरु ‘स्पोर्ट्स’ मा छ । माथ्लो निकायमा पनि हुने जोजो हुनुहुन्छ उहाँहरुले बास्केट बललाई गाइड गर्न सकिर’नु भएको छैन भन्ने मलाई लाग्छ । त्यही भएर पनि सरकारले चासो दिएको छैन कि । बास्केट बललाई धरानले ब्राण्डिङ गरेर लाने हो भने खेल पर्यटनबाटै पनि धरानले ‘माइलेज’ लिन सक्छ । स्थानीय सरकारले हेर्नु पनि भएको छ तर उहाँहरुको क्षमताअनुसार सहयोग भएको छैन । कतै हामी नै पनि पुग्न नसकेको हो कि ?

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved