शिवरात्री नजिकिदै : साधुहरुको तयारी शुरु

  • फागुन १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सनातन हिन्दु धर्मालम्बीहरुको चाड मध्ये शिवरात्री आउँन केही दिन बाँकी रहँदा धरान स्थित पिण्डेश्वर मन्दिरमा चहलपहल शुरु भएको छ ।

कोरोनाका कारण विगत दुई वर्ष देखि मेला बन्द भएको थियो । यस वर्ष देखि केही खुकुलो भए पछि प्रदेश नं. १ कै धार्मिक स्थल धरान १४ पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका बाबाहरु धरान आउने क्रम शुरु भएको छ । अहिलेदेखि नै बाबाहरु शिवरात्री कसरी मनाउने भन्ने विषयमा साधुहरु उत्साहित बनेका छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व विशेष गरी काठमाण्डौको पशुपतिनाथ, झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर लगायतका शिव मन्दिरहरुमा साधुहरुको घुईचो लाग्ने गर्दछ ।

शिवरात्री भव्यताका साथ मनाउने उद्देश्यले जुटेका मेधान्त बाबाले विगतको बर्ष कोरोना महामारीका कारण राम्ररी शिवरात्री पर्व मनाउन नपाएको भन्दै यस बर्ष धुमधामका साथ मनाउने सोचमा रहेको बताए । उनले भने, ‘गत बर्ष कोरोनाकै कारण राम्ररी शिवरात्री मनाउन पाइएको थिएन, यो बर्ष भने धुमधामको साथ मनाउने हो ।’

पिण्डेश्वर बाबाधाममै बस्दै आएका मेधान्त गिरीले शिवरात्री पर्व भव्यताका साथ मनाउन अहिलेदेखि नै तयारीमा लागेको बताए । उनले भने, ‘पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका साधु बाबाहरु आउँछन्, सबैको जमघट हुन्छ, प्रसाद ग्रहणसंगै एक अर्काबीचको आत्मियता गासिने भएकोले पनि यो बर्षको शिवरात्री यादगार हुने मैले विश्वास लिएको छु ।’

अहिले शिवरात्री धुमधाम मनाउन साधु बाबाहरु अहिलेदेखि नै तयारी गर्दै बसेका छन् । धरान १४ विजयपुरको पिण्डेश्वर मन्दिरमा शिवरात्रीका दिन हजारौ बाबाहरुको जमघट हुने पिण्डेश्वर बाबाधाम समितिका पदाधिकारीहरु बताउँछन् । समितिका अध्यक्ष विकास वनेपालीले शिवरात्रीमा तयारी शुरु गरेको बताए । उनले सुरक्षा, साधुहरुको बसोबासको व्यवस्था लगायतका विषयमा समिति गम्भीर बनेको बताए । उनले भने, ‘यो बर्ष धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बढी भिडभाड हुने सम्भावना छ, कोरोनाको संक्रमण अझै कायमै रहेकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै सुरक्षाको व्यवस्था गर्न हामी लागि रहेका छौं ।’

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको दयामा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । बाबाजीहरुले भने शिवजीको प्रसाद धतुरो अधिक मात्रामा प्रयोग गर्ने गर्दछन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved