सन्दकपुरको २० वर्षे पर्यटन गुरुयोजना

  • फागुन १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  । तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माणको काम शुरु गरेको छ । पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो ।

तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको हो । सन्दकपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र पर्यटन विज्ञको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माण थालिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

गुरुयोजनामा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको अवस्था, प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय क्षेत्र वस्तुगत स्थिति र आवश्यक पर्ने बजेट उल्लेख हुनेछ । संघ, प्रदेश र पालिका आफैले लगानी गर्ने पर्यटकीय स्थलहरुको बारेमा गुरुयोजनामा समेटिने गाउँपालिका अध्यक्ष उदय राईले बताए । गाउँपालिकाले तेस्रो मुलकका पर्यटकहरुको आकर्षण रहेको प्रदेश– १ को प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर र रामसार क्षेत्र घोषित पर्यटकीयस्थल माईपोखरी छिन्टापु सहित १२ पर्यटकीय स्थल प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षमा बनाइसक्ने गुरुयोजनामा सबै पर्यटकीय स्थलको वस्तुगत अवस्था, जाति, धर्म, धार्मिक आस्थाका केन्द्र, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रहरु समेटिने छन् । सन्दकपूर, छिन्टापू, टोड्के झरना, जौबारी, कालपोखरी लगायतका थुप्रै पर्यटकीय स्थल सन्दकपुर पालिकामा छन् । गुरुयोजना निर्माणपछि पर्यटकीय स्थलहरुको व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved