बी डिभिजन खेल्न बोइज युनियनको टिम प्रस्थान

  • फागुन ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ ।

टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरब बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे । 

टिमका प्रशिक्षक सागर घिमिरेले गतवर्ष भन्दा राम्रो तयारी गरेको बताए । उनले ए  डिभिजनमा उक्लिने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए । क्याप्टेन बिटु तामाङले पनि सबैको साथ सहयोगले हौसला बढेको बताउदै जिम्मेवारी बढेको प्रतिक्रिया दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुवात गर्ने भएको छ । गतवर्ष ब्वाइज युनियन क्लबले चौथो स्थानमा लिग सम्पन्न गरेको थियो । गतवर्ष ब्वाइज युनियनले फेयर प्ले टिमको उपाधी जितेको थियो ।  बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा ब्वाइज युनियन क्लब, झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् ।

त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

 

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved