एम्स एकेडेमीको खेलकुद सप्ताह सम्पन्न

  • फागुन ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एम्स एकेडेमीको खेलकुद सप्ताह शुक्रबार बिहान सम्पन्न भएको छ । धरान रङ्गशालामा पूmटबलको अन्तिम प्रतिष्पर्धा सकिएलगत्तै औपचारिक कार्यक्रम आयोजना गरी एम्सले खेलकुद सप्ताह समापन गरेको हो ।
समापन कार्यक्रमअघि भएको फूटबल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा २–० गोल अन्तरले कक्षा ११ (ए) को टिमलाई पराजित गर्दै कक्षा १२ (ए) को टिम पहिलो भएको थियो । यस्तै पूmटबलमा सर्वाधिक गोलकर्ताका रूपमा समीर लिम्बूले तथा उत्कृष्ट खेलाडीका रूपमा मिलन विष्टले पुरस्कार प्राप्त गरे ।
यसैगरी, भलिबलतर्पm कक्षा १२ (ए६) पहिलो र १२ (ए४) दोस्रो भएका छन् । भलिबलमा उदीयमान खेलाडीका रूपमा विसन घले र उत्कृष्ट खेलाडीका रूपमा गोपाल लिम्बूले पुरस्कार प्राप्त गरे । बास्केटबल प्रतियोगितामाकक्षा ११ (ए२) पहिलो र १२ (ए३) दोस्रो भएका छन् । यस्तै, बास्केटबलमा सिमोन राई र हिमाल राईले क्रमशः हाईस्कोरर र उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कार प्राप्त गरे ।

यस्तै, छात्रा ब्याडमिन्टनतर्फ कक्षा ११ की सन्ध्या तामाङ पहिलो, कक्षा १२ की आशिका राई दोस्रो तथा कक्षा १२ का दृष्टि राई र रेविका तामाङ तेस्रो भएका छन् । टेबलटेनिस प्रतियोगितामा कक्षा ११ का विशाल तामाङ पहिलो, कक्षा १२ की सन्जु विक दोस्रो तथा कक्षा १२ का विराज खड्का र कौशल रिमाल तेस्रो भएका छन् ।

273611986_478458510577267_4715539693691098077_n

सो अवसरमा विभिन्न खेलका संयोजकहरू युवराज अधिकारी, विदुर महत, बुद्रोस लिम्बू, निकेस घिमिरे र किशोर भण्डारीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा हिसान सुनसरीका सहसचिव अनिल श्रेष्ठ, धरान पूmटबल क्लबका सदस्य सागर घिमिरे, हिसानले बर्सेनि आयोजना गर्ने खेलकुद सप्ताहमा बास्केटबलमा एम्सलाई लगातार तीनपटक उपाधि दिलाउने प्रशिक्षक सन्दीप राईलाई पनि एम्सका प्रशासकीय निर्देशक नवीन राई र संयोजक दुर्गा सुवेदीले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवाललगायत अन्य अतिथिहरूले विभिन्न खेलका विजेता विद्यार्थीहरूलाई मेडल तथा ट्रफी वितरण गरेका थिए । त्यस क्रममा प्रमुख अतिथि कटुवालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पढाइ सँगसँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक हुने धारणा राखे । एम्सले पनि पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने गरेको भन्दै उनले प्रशंसा गरे ।
हेमन्त भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विदुर महतले स्वागत मन्तव्य व्यक्त गरेका थिए । एम्सको खेलकुद सप्ताह गत मङ्गलबार (फागुन ४) शुरु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved