कृषकलाई चार थान पावर ट्रिलर प्रदान

  • माघ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ ।

मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् ।

कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिका भित्र रहेका कृषकहरुको व्यवसाय प्रवद्र्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको बताए । किसानहरुको पेशालाई प्रवद्र्धन गर्नका निम्ति खेतबारी जोत्ने पावर ट्रिलर कृषकहरुलाई प्रदान गरिएको बताए । उनले कृषकहरुको २५ प्रतिशत लगानी र नगरपालिकाको ७५ प्रतिशत लगानीमा प्रतिगोटा ६४ हजार रुपैयाँमा पावर ट्रिलर खरिद गरिएको जानकारी दिए । मेयर राईले धरानका वडा नं. ४, ५, ६ र २० कृषि जोनको रुपमा रहेको बताए । किसानहरुलाई कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको पनि मेयर राईले स्मरण गराए । मेयर राईले स्थानीय तहबाट प्राप्त भएको मेशिनरी औजार, मल, बिउविजनहरूको अधिकतम रूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि सुझाव दिए । मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved