‘सरकार निर्वाचन सार्ने षडयन्त्र गर्दैछ’

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा लागेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको उनले बताए । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव नगरी जनप्रतिनिधिविहिन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको भन्दै यो षडयन्त्रलाई जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन् । उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ ।’

नेकपा एमालेले धरानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै हिजो एमालेले जनताको बीचमा जानुपर्छ भन्दा संविधान विरोधी, लोकतन्त्र विरोधी र प्रतिगमनको रुपमा चित्रण गर्ने पार्टीहरु नै अहिले लोकतन्त्रविरुद्धमा, संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा उभिएर प्रतिगामी बाटोमा अघि बढेको उनले बताए । उनले भने, ‘यो गठबन्धन सरकारले स्थानीय तह खाली गर्ने, जनप्रतिनिधिविहिन बनाउने षडायन्त्रमा छ, त्यसलाई कुनै पनि हालतमा सफल हुन दिदैनौ, यो सरकारले जेठ ५ अगावै चुनाव गर्नको लागि हाम्रो पार्टीले बाध्य बनाउनेछ ।’

एमालेले जनताको पक्षमा, राष्ट्रको पक्षमा काम गर्दा बलियो शक्ति निर्माण हुने आधार बनेपछि, लोकप्रिय बन्दै गएपछि डराएकाहरुले गठबन्धन गरेको उनको भनाई छ । उनले भने, ‘अदालतको सहारामा लोकप्रिय सरकार ढाल्ने काम गरेका हुन्, उनीहरुको त्यो षडयन्त्रलाई जनताको बीचमा लगेर एक्सपोज गर्न चाहन्छौ, जनताबाट उनीहरुलाई दण्डित गर्न चाहन्छौ, जनादेशलाई खण्डित गर्ने नेपाली कांग्रेस लगायत राजनीतिक दलको प्रयासलाई जनतामा गएर तोड्न चाहन्छौ ।’

कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई माधव नेपालले कांग्रेसलाई बेचेको आरोप समते लगाएका छन् । उनले भने, ‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरे । कांग्रेसविरुद्धको जनादेशलाई कांग्रेसको पाउमा सर्मपण गरे, जनताको जनादेशविरुद्ध उभिएपछि अब कसैले सहानुभुति गर्नुपर्छ भन्ने छैन ।’

महासचिव पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नभै कांग्रेसको मामुली कार्यकर्ता भएको पनि बताए । उनले नेपालको राजनीतिक २ ध्रुवमा अघि बढ्ने बताउँदै एउटा ध्रुवको नेता एमाले र अर्को ध्रुवको नेता कांग्रेस मात्र हुने, अन्य राजनीतिक दल सहयोगी मात्र हुने पनि बताए ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर एकका संघीय सांसद जयकुमार राईले एमालेमा जनलहर देखिएकाले एमाले स्थानीयतह देखिनै पहिलो पार्टी हुने बताए । नवप्रवेशी कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमाले मात्र अबको सच्चा कम्युनिस्ट पार्टी भएको बताए । एमालेले मात्र भाषा, धर्म र जातजातिको रक्षा गर्ने भएकाले जनताको साथ रहेको स्पष्ट पारे ।

संविधान निर्माण देखि बिकासको गोरेटो कोर्ने काममा एमालेले नेतृत्व गरेको राइको दाबी छ । आफ्नो गाउँ आफै बनऔं देखि वृद्ध भत्ताको बारेमा एमालेले गरेको निर्णय अहिलेसम्म लोकप्रिय रहेको उनको भनाइ छ । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने कार्यक्रम एमालेले ल्याएको कारण एमाले ठुलो दल भएको बताए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य, प्रदेश एकका इन्चार्ज, प्रदेश अध्यक्ष लगायतले सम्बोधन गरेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved