समृद्धिका लागि इकोनोमिक समीट पनि हुने "एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा"

  • माघ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता सँगै प्रदेश एकको समृद्धिको लागि इकोनोमिक समिट पनि हुने भएको छ ।

आइतबार धरान स्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए ।

उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए । उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल रहेको छ । उनले भने, ‘यो संसारमा कहिँ पनि राखेको पाइँदैन, त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु, यसपल्ट धरानमा खेलाडीहरुले मनोरञ्जन पाउनुहुनेछ भन्ने लागेको छ ।’

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर एकको समृद्धिका लागि आयोजना हुने इकोनोमिक समिटको बारेमा जानकारी दिदै पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समीटमा कार्यपत्र प्रस्तुतीका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए ।

उनले भने, “आर्थिक गतिविधिमा सीमित व्यक्तिको नियन्त्रण मात्रै रहनु हुँदैन भन्ने लाग्छ, बाह्रखरीले गरेका कार्यक्रमबाट निकालिएका निष्कर्षले नीति निर्माणमा सहयोग पुगोस् भनेर एक वर्ष बाह्रखरीले रिपोर्टिङ गर्ने प्रतिवद्धता पनि जनाएको छ ।”

उनले अब राजनीतिबाट समृद्धि सम्भव नभएको बताए । उनले भने, “अब राजनीतिबाट समृद्धि सम्भव भएन । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ । यो समस्या निजी क्षेत्रमा पनि छ । धन संग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ ।”

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रदेश एकको समृद्धिमा जोड दिएर यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै भने, “हामीले प्रदेश एकको समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागेका हाँै, हामीले गल्फसँगै अन्य कार्यक्रम पनि आयोजना गरेका हौं, इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्दैछोँ भने विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट आयोजना गरेका छौँ ।’ प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबलको पनि आयोजना गरिएको उनले बताए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारको सहभागितामा कार्यक्रम गर्न लागिएको बताउँदै यस कार्यक्रम सफलताका लागि पत्रकारहरुको सहयोग आवश्यक रहेको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved