दुधकोशी पुल चार वर्ष देखि अलपत्र "भोजपुर दक्षिणका जनता यातायात पहुँचबाट बञ्चित"

  • माघ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ ।

पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पुग्न करिब डेढ दिनको बसको यात्रा गर्न बाध्य छन् ।

सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एस एन एस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईवटा आधारस्तम्भ बनाएर छाडिएको छ । २ सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ र ५ स्पान र ६ पिलर रहने गरि काम थालिएको थियो । दुई बर्षमा काम सक्ने गरि ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन् ।

सरकार र ठेकेदारले लापरवाहीले चार वर्ष सम्म पनि पुलको काम अघि बढ्न नसकेको आमचौक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । उनी भन्छन्, ‘ठुला सरकारलाई सोध्यो ठेकेदारले काम गरेन भन्छ, ठेकेदारलाई सोध्यो गर्छु भन्छ, काम नगर्ने ठेकेदारलाई कारवाही गर्नु प¥यो भन्दा ठुलै पावर छ, मन्त्री, प्रधानमन्त्री सम्म पावर भएकाले हामीले केही गर्न सकेनौं ।’

सरकार र ठेकेदारको लापरवाहीका कारण आमचौकवासी जनताले यातायातको सुविधाको अनुभुति गर्न नपाएको उनको भनाई छ । यातायातको सुविधा नहुँदा अझै पनि भारी बोक्न बाध्य भएको उनी बताउँछन् । भोजपुरको दक्षिणी भोग पुग्न कि त कोशीमा बोटबाट जानु पर्छ कि त धनकुटा, हिले लेगुवा हुँदै भोजपुर पुगेर आउनुपर्छ । यसरी घुमेर आउँदा डेढ दिन लाग्ने उनले बताए । उनले भने, ‘पुल बने देखि इटहरी धरानलाई जिरोपोइन्ट मान्दा अढाई घण्टामा आमचौक पुग्न सकिन्छ ।’ दक्षिणी भेगमा आयात निर्यात नै हुन सकेको छैन् भने बिरामीहरुलाई सहज उपचार पाउँन पनि समस्या भइरहेको छ ।
२०७४ सालमा तत्कालिन प्रधानमन्त्री समेत रहेका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरेका थिए । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर र उदयपुर जोडने रानीटारस्थित दुधकोशीमा पुलको २०७४ साल भदौ ३१ गते शिलान्यास गरिएको थियो ।

उदयपुर क्षेत्र नं. १ बाट चुनाव जितेका डा. नारायण खड्का हाल पराराष्ट्रमन्त्री छन्, भोजपुर क्षेत्र नंं १ बाट प्रतिनीधि सभा सदस्यमा माओवादीबाट सुदन किरातीले चुनाव जितेका छन् । सोही क्षेत्रका प्रदेश सभामा एमालेबाट जितेर शेरधन राई साढे तीन बर्ष प्रदेश १ को मुख्यमन्त्री बने, अहिलेका मुख्यमन्त्री पनि त्यही जिल्लाका हुन् । तर कसैले पनि दुधकोशी पुल निर्माणका लागि पहल गर्न नसक्दा अझै पनि वेवारिशे अवश्थामा रहेको छ ।
उदयपुर हुँदै तराईका जिल्लाहरुबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाँउपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रति केजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नु पर्ने बाध्यता रहदै आएको छ । विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रति केजी १ रुपैयाँका दरले सामान ढुवानी गराउदा पनि, प्राय ढुवानी गर्ने व्यक्ति पाउन मुस्कील रहदै आएको छ । सिधा यातायात सञ्चालन नहुँदा सामान ढुवानी देखि चर्को मुल्यको समस्या झेल्दै आउनु परेको स्थानीयको गुनासो छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved