धरानको भाइरल रोड

  • माघ ११, २०७८
  • "रणध्वज लोहार"
alt

धरान/ धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ, जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।
यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ । अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ । जुन रोड जंगल वारपार गर्ने त्यहीँ रोड धरानकै भाइरल रोड रातारात वन्दैछ । मनै लोभ्याउने र सुन्दर, शान्त, हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चाहास्े, युवा–युवती, वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ ।

धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान–१५ को वाँझगरा सामुदायिक वन भित्र पर्ने सडक नै सेल्फी खिच्ने र भिडियो सुटिङको लागि उपयुक्त स्थल वन्दै गइरहेको छ । प्रायःजसो भिडियो सुटिङ गरेको दृष्य हिड्ने क्रममा देख्न सकिन्छ ।

सेउतीखोलाको डिलवाट उकालो आउँदा अथवा धरानबाट पानवारी जाने क्रममा वीच वाटोमा नै यो रोडमा आवातजावात गर्नेहरु रमाउने गर्दछन् । विहानै मनिङ वाक गर्नेहरुको ताँती लाग्छ, दिउँसो पैदल हिडेर सितलता लिनेहरुको पनि उतिकै आवातजावात हुन्छ भने वेलुकीपख इभिनिङवाक गर्नेको लर्को नै लाग्ने गरेको छ ।
विवाहित नवजोडीहरुको लागि पनि फोटो सेसन गर्ने रोजाईको स्थान वन्दै गइरहेको छ । धरानका मजदुर नेता गोविन्द गिरी धरान पानवारी आउने जाने क्रममा सो स्थानमा फोटो खिच्ने गरेको वताउँछन् । आनन्दित ठाउँ छ , रिफ्रेस हुनको लागि पनि त्यहाँ जानु ठिक हुने वताउँदै त्यहाँ अझै डेकोरोशन गरेको खण्डमा सवैको मन तान्न सक्ने वताउँछन् ।

यहाँ जव सडक वन्यो, त्यस पछि सवैको मन लोभ्याउने स्थल वन्न थालेको हो । कच्ची वाटोलाई पक्की सडक वनाएपछि सबैको लागि रोजाईको स्थान वन्दै गइरहेको छ । कच्ची बाटो हुँदा भने दिनहँु जसो चोरी डकैती हुने गर्दथ्यो । विशेष त धरान आवातजावत गर्दा त्यहाँका स्थानीवासीले खतरा मोल्नु पर्ने अवस्था थियो । तर अहिले भने त्यो खतराबाट मुक्त भएका छन् ।

मानिसको आवातजावात वाक्लो र सवारी साधानमा हिड्ने क्रम वढेपछि त्यहाँ दिनहँु जसो हुने लुटपाट, कुटपिट हुने क्रम रोकिएको छ । धरान पानवारी जाने वाटो अव मदन भण्डारी राजमार्ग वन्ने भएको छ । अहिले धमाधम निर्माणको काम पनि भइरहेकोले निकट भविष्यमा अझै यसले आन्तरिक तथा वाह्य पर्यटकको मन जित्ने स्थानीय वताउँछन् ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved