प्रथम सोनापुर गोल्डकप: उपाधी पूर्वाञ्चल युनाइटेडलाई

  • माघ ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चिक्त बुझाएको छ ।

सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आयोजक क्लबको तर्फबाट उमेश कार्की, बिबेक पौडेल र दिपेश माझीले मात्र गोल गर्न सकेको थिए । बिक्रम राइको प्रहार युनाइटेडका गोल किपर रोशन कार्कीले बचाएका थिए भने सुबोध शाहीको प्रहार बाहिरिएको थियो । पुर्वाञ्चलका मिलन राई, सन्देश श्रेष्ठ, अशिम राई र सुजन चौधरीले गोल गर्न सफल हुदा आयोजक उपबिजेतामै सिमित बन्यो ।

त्यसअघि खेलको १२ औ मिनेटमा आयोजकका पारस लिम्बुले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ औ मिनेटमा पूर्वाञ्चलका सुजन चौधरीले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए । खेलको ५५ औ मिनेटमा आयोजकका राजु लिम्बुले गोल गरेर पुनः आफ्नो टिमलाई २–१ को अग्रतामा पुर्याएको अवस्थामा त्यसको ५ मिनेट नबित्दै पूर्वाञ्चलका अरुण लिम्बुले गोल गरी खेललाई २–२ को बराबरीमा पुर्याए । त्यसपछी दुबै टिमबाट गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चल युनाइटेडका मिलन राई घोषित हुदै नगद २ हजार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक मेमोरी युवा क्लबका उमेश कार्की घोषित हुदै नगद ५ हजार रुपैया पाए । बेष्ट गोलकिपर पुर्वाञ्चलका रोशन कार्की, मिडफिल्टर बिवश गुरुङ, कोच पवन प्रधान घोषित भए । आयोजकका बिकु राई बेष्ट डिफेन्स, सुजित चौधरी राइजिंङ प्लेयर घोषित भए । उनीहरु सबैले जनही ३ हजार ५ सय रुपैया पाए । प्रतियोगितामा हाईस्कोर गर्ने पूर्वाञ्चलका अभिषेक कालिकोटे र डागीहाट फुटबल क्लबका आदर्श लिम्बुले जनही ४ हजार रुपैया पाए । सुनसरी र मोरंगका ८ टिम सहभागी गोल्डकप पुष २६ गतेदेखी सुरु भएको थियो ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved