विजय वाम्बुलेको ‘किराती हामी’ सार्वजनिक

  • पुस २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानका उदीयमान गायक विजय वाम्बुले राईको स्वर रहेको ‘किराती हामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
किराती संस्कारमा आधारित रहेर तयार गरिएको म्युजिक भिडियोको बुधबार एक कार्यक्रम बिच चर्चित गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन् । साकेला सिलिमा गाइएको ‘किराती हामी’ गितले किरातीहरुको संस्कृतिलाई जोगाउन टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गायक फोम्बेले बताए ।

कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन् भने मनिता राई र प्रितम सम्वाहाम्फेले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायाँकन बराहक्षेत्रको शंकरवेली ताल, धरानको यलम्बर पार्कमा गरिएको छ ।

कुल २ लाख ३० हजार रुपैया लगानी रहेको गायक विजय वाम्बुले राईले बताए । उनले मोफसलमा बसेर संगितलाई व्यवसायीक रुपमा अघि बढाउने अभियानमा लागेको बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved